दुधको मुल्य ६ रुपैयाँले बढ्यो,किसानलाई राहात
नुवाकोट । दूधको मूल्य प्रतिलिटर ६ रुपैयाँले बढेको छ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयले दूधको मूल्य ६ रुपैयाँ बढाउने निर्णय गरेको हो । तर यो निर्णय भदौ २१ अर्थात शनिबारदेखि मात्रै लागु हुनेछ ।
मन्त्रालयको स्वीकृतिपछि दुग्ध विकास संस्थानको बोर्ड बैठकले यसबारे निर्णय गर्न बैठक बोलाएको बोर्डका एक कर्मचारीले जानकारी दिए । ‘हामीले दूधकाे मूल्य बढाउनेबारे भर्खरै मन्त्रालयबाट स्वीकृति पायाैँ’, संस्थानका ती कर्मचारीले भने, ‘बैठक बसेरै दूधको मूल्य बढेको निर्णय गर्दैछौँ ।’ अब दूधको मूल्य एक लिटरको ७६ रुपैयाँ पर्नेछ । यसअघि ७० रुपैयाँ लिटरमा दूध किनबेच हुने गरेको थियो । दूधको मूल्य बढाउने गएको साउन मसान्तमा दुग्ध विकास बोर्डका निमित्त कार्यकारी निर्देशक बाबुकाजी पन्तको नेतृत्वमा समिति गठन गरिएको थियो ।
कार्यदलको सुझावअनुसार कम दूध उत्पादन हुने मौसममा १४.२९ प्रतिशत अर्थात १० रुपैयाँ र अत्यधिक उत्पादन हुने मौसममा ८.२८ प्रतिलिटर अर्थात ५ रुपैयाँ ७९ पैसा मूल्य बढाउन मन्त्रालयले स्वीकृति दिएको हो । मूल्यको ६९ प्रतिशत अर्थात ४ रूपैयाँ १६ पैसा किसानले पाउने संस्थानको दाबी छ । त्यसको ३१ प्रतिशत अर्थात १ रूपैयाँ ८४ पैसा व्यवसायीले पाउने भनिएको छ । महंगीका कारण किसानको लागत बढेसँगै दूधको मूल्य बढेको दुग्ध विकास संस्थानले जनाएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना











नुवाकोटसहित बागमतीका ६ जिल्लामा तामाङ र नेपाल भाषा प्रयोग विस्तारबारे अभिमुखीकरण
आगामी आर्थिक वर्ष नुवाकाेटकाे कुन स्थानीय तहलाई कति अनुदान ? (सूचीसहित)
रास्वपा बागमती प्रदेश अधिवेशन भोलि, सभापतिमा लामिछाने र अर्यालको प्रतिस्पर्धा
रास्वपा रसुवाको सभापतिमा वसन्त भट्ट निर्वाचित
नुवाकोटका १२ स्थानीय तहमा साढे ३ अर्बको बजेट, कुनलाई कति ? (विवरणसहित)





प्रतिक्रिया