विश्वकप छनोटमा नेपालले आज कुवेतविरुद्व प्रतिष्पर्धा गर्दे

विदुर खबर २०७६ भदौ १९ गते ७:१८

                                            फाईल फोटो ।

नुवाकोट । सन् २०२२ मा कतारमा आयोजना हुने विश्वकपको दोस्रो चरणको छनोटमा नेपालले आज  पहिलो लेगमा घरेलु टोली कुवेतविरुद्व खेल्न लागेको हो ।

Advertisement

कुवेतको जविर अल अहमेद ईन्टरनेश्नल मैदानमा हुने खेल नेपाली समय अनुसार रातिको पौने ११ बजे सुरु हुनेछ । पहिलो पटक सिधै दोस्रो चरण खेल्न लागेको नेपाल समुह बीमा छ । नेपाल रहेको समुहमा एसियाली पावर हाउस मानिने अष्ट्रेलिया सहित कुवेत, जोर्डन र चाईनिज ताईपे समावेश छन् ।

नेपालले होम एण्ड अवेका आधारमा समुहका चार टिमसंग प्रतिस्पर्धा गर्नेछ । नेपाली टिमका मुख्य प्रशिक्षक योहान कालिन नेपाली टिमलाई अन्डरडग मान्छन् । सोही कारण अन्डरडग नेपाल छनोटका अधिकांश खेलमा अप्रत्यासित नतिजा निकाल्ने दाउमा हुनेछ ।

Advertisement

तर शारीरिक र प्राविधिक रुपमा उत्कृष्ट कुवेतविरुद्वको खेल नेपाली टिमलाई पक्कै कठिन हुनेछ । फिफा वरियतामा नेपाल भन्दा कुवेत चार स्थानमात्र माथि छ । नेपाल १ सय ६६ र कुवेत १ सय ५६ औ स्थानमा छ । तर नेपालले अहिलेसम्म कुवेतलाई हराउन नसकेको ईतिहासबारे मुख्य प्रशिक्षक कालिन समेत जानकार छन् ।

प्रतिक्रिया