गिनिज बुकमा नाम लेखाउने प्रचण्डको रहर
२७ फागुन, काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले धेरैलाई प्रधानमन्त्री बन्न भूमिका खेलेर गिनिज बुकमा नाम लेखाउने इच्छा व्यक्त गरेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीप्रति विश्वासको मत दिँदै उनले गिनिज बुकमा नाम लेखाउने रहर सुनाएका हुन् ।
पछिल्ला १० मध्ये ८ जनालाई प्रधानमन्त्री बनाउन आफूले कुनै न कुनै रुपमा भूमिका खेलेको स्मरण गरे । कतिलाई सांसद बनाउन प्रत्यक्ष भूमिका खेलेको त कतिलाई आफूले नै प्रधानमन्त्री प्रस्ताव गरेको उनले स्मरण गरे । तर, कसैको नाम भने लिएनन् ।
‘प्रधानमन्त्रीको कार्यकक्षमा बसेर यसो हिसाव गरेको पछिल्ला १० मध्ये ८ प्रधानमन्त्री बनाउने अवसर मलाई प्राप्त भएछ’ पूर्वप्रधानमन्त्री समेत रहेका माओवादी अध्यक्ष प्रचण्डले भने, अब कति प्रधानमन्त्री बनाइयो भने गिनिज बुकमा नाम लेखिन्छ होला ?’
यद्यपि यो पटक एमाले अध्यक्ष ओलीलाई प्रधानमन्त्री बनाउँदा फरक अनुभूति भएको उनले सुनाए । यो चानचुने कुरा नभएको भन्दै उनले अहिलेको व्यवस्थालाई परम्परतागत संसदीय व्यवस्थाका रुपमा मात्र नबुझ्न प्रधानमन्त्री ओलीलाई आग्रह गरेका छन् ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













पूर्वअर्थमन्त्री महत सहित ५५ जना विरुद्ध मुद्दा दायर
रसुवागढी जलविद्युत मर्मतपछि आंशिक सञ्चालनमा
मगर संघ नुवाकोटको नयाँ कार्यसमिति चयन
धादिङको धुनिबेँसी सवारी दुर्घटना हुँदा ३५ जना घाइते
दुप्चेश्वरमा लाखौं भक्तजन पुगे





प्रतिक्रिया