प्रहरीद्वारा चालकमाथि कुटपिट,घटनामा संलग्नलाई कारवाही गर्ने प्रशासनको आश्वासन
रसुवा । रसुवाको गोसाइँकुण्ड गाउँपालिका–२, टिमुरेमा नेपाल प्रहरीले सवारी चालकमाथि कुटपिट गरेको छ।
चालकले गलत ठाउँमा पार्किङ गरेको सवारीलाई हटाउनका लागि आग्रह गर्दा चालकले असईमाथि हात हालेपछि नियन्त्रणमा लिन खोज्दा कुटपिट भएको प्रहरीले जनाएको छ। मंगलबार साँझ साढे ५ बजेको समयमा उक्त घटना भएको हो।
सामाजिक सञ्जालमा भाइरल भएको भिडियोको सन्दर्भमा गम्भीर ध्यानाकर्षण भएको भन्दै प्रहरीले विज्ञप्ती निकालेको छ। प्रहरीले ना ६ ख ४९२५ नम्बरको चालक श्रीमान तामाङलाई छानबिनको लागि नियन्त्रणमा लिएको छ।
‘सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियोका सन्दर्भमा चालकलाई नियन्त्रणमा लिने क्रममा खिचिएको भिडियो प्रति प्रहरीको गम्भीर ध्यानाकर्षण भएको छ’, विज्ञप्तिमा भनिएको छ, घटनाबारे छानबिन गरि दोसी उपर कार्बाही गरिने छ।’
कुटपिट गर्ने प्रहरीको नाम प्रहरीले सार्वजनिक गरेको छैन। घटनाबारे अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक भाग्येन्द्र पुरुष ढकालले बताएका छन्। सवारी चालकमाथि कुटपिट गरेको भन्दै बुधबार रसुवा बन्दको आह्वान गरेका छन्।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना











भोटेकोशी बाढीपीडितहरूको हकहित र न्यायका लागि बेत्रावतीमा साझा सरोकार समिति गठन
दुप्चेश्वरमा मोटरसाइकल दुर्घटना हुँदा पञ्चकन्याका कार्कीको निधन
पुनर्निर्माणको पर्खाइमा त्रिशूली र देवीघाट जलविद्युत गृह
विदुर–१० भैँसेदेखि तुप्चे जोड्ने मार्गमा ह्युम पाइप राख्ने कार्य सुरु
बेलकोटगढीका वडा अध्यक्ष भुजेल रास्वपा प्रवेश, कांग्रेसमा हलचल





प्रतिक्रिया