किन हुन्छ गर्भपतन ? यस्तो छ कारण
गर्भावस्थाको प्रारम्भिक चरणमा गर्भपतनको खतरा बढी हुन्छ । गर्भवतीले यी दिनमा आफ्नो स्वास्थ्यको विशेष ख्याल गर्नुपर्छ । सावधानी अपनाउनुपर्छ ।
पहिलो दुई महिना कति महिलालाई आफू गर्भवती भएकोसमेत थाहा हुँदैन । सोही कारण सावधानी अपनाउँदैनन् र गर्भपात हुने गर्दछ । आखिर के कारणले हुन्छ गर्भपात ?
स्वास्थ्य सम्बन्धि समस्या
गर्भावस्थामा महिला स्वस्थ्य हुन निकै आवश्यक छ । गर्भवतीको स्वास्थ्य अवस्थामै गर्भमा रहेको भु्रणको स्वास्थ्य निर्भर छ ।
विशेषगरी, उच्च रक्तचाप, मधुमेह, मृगौला र पाठेघर सम्बन्धि समस्या भएमा पनि गर्भावस्थामा समस्या पैदा हुनसक्छ । जसका कारण गर्भपतनको सम्भावना अत्याधिक हुन्छ ।
धुमपान
गर्भावस्थामा धुमपान गर्नुर् गर्भमा रहेको शिशुको लागि हानीकारक हुनसक्छ । धुमपानका कारण शिशुले पर्याप्त मात्रामा अक्सिजन पाउँदैन ।
धुमपान गर्ने महिलाबाट जन्मने शिशुको स्वास्थ्यमा विभिन्न समस्या आउने गर्छ, जसमध्ये कम तौल प्रमुख हो । त्यस्तै, गर्भावस्थामा मदिरापानसमेत गर्नु हुँदैन । गर्भवतीले मदिरा पिउँदा भु्रणको विकासमा अवरोध उत्पन्न हुन्छ, जसका कारण गर्भपतन पनि हुनसक्छ ।
क्याफीन
गर्भावस्थामा क्याफीनको मात्रा अत्याधिक भएका कफीलगायतका खानेकुरा खानु पनि हानिकारक छ ।
क्याफीनले गर्भमै शिशुको मृत्यु हुनसक्ने खतरा निम्त्याउँछ । गर्भमा रहेको शिशुको सालनाल निस्कने खतरा अत्याधिक हुन्छ, जसका कराण गर्भपतन हुनसक्छ ।
तनाव
गर्भवतीको मनस्थितिमा बारम्बार परिवर्तन आउने गर्छ । मनस्थितिमा आइरहने परिवर्तनले गर्भमा रहेको शिशुको विकास निर्धारण गर्छ ।
यदी गर्भवतीको मनस्थिति सकारात्मक छ भने शिशुको विकास पनि राम्ररी हुने गर्छ । गर्भवती तनावमा छिन् भने त्यसको प्रत्यक्ष असर शिशुमा पर्छ । तनावकै कारण गर्भपतनसमेत हुनसक्छ ।
विषाक्तता
गर्भावस्थामा महिलालाई विभिन्न खानेकुरा खान मनलाग्छ । उनीहरु सामान्य दिनमा झै गर्भावस्थामा पनि ती खानेकुरा खान्छन् । तर, गर्भावस्थामा महिलाले विशेष सावधानी अपनाउनुपर्छ ।
विशेषगरी, काँचो सागपात तथा फलफुलमा विषादी प्रयोग गरिएको हुन्छ । उक्त विषादीलई राम्ररी सफा नगरे त्यसले महिलाको स्वास्थ्यमा प्रतिकुल असर पार्छ नै, गर्भमा रहेको शिशुमासमेत नकारात्मक असर पार्छ । जसमध्ये गर्भपतन पनि एक हो ।
शारीरीक श्रम
कयौ महिला गर्भावस्थामा पनि विभिन्न शारीरीक श्रम गरिरहेका हुन्छन् । धेरै तलमाथि गर्छन् । गर्हौ काम गर्छन् । भारी बोक्छन् । यसल पनि गर्भपतनको खतरा बढी हुन्छ ।
हर्मोन सम्बन्धि समस्या
कहिलेकाही गर्भवतीको शरीरले पर्याप्त मात्रामा ‘प्रोजेस्टेरोन’ नामक हर्मोनको उत्पादन गर्न सक्दैन । तर, महिलाको शरीरमा गर्भावस्थामै प्रोजेस्टेरोन हर्मोनको उत्पादन ह्नुपर्छ ।
गर्भमा रहेको भ्रुुणलाई अनुकल बातावरण सिर्जना गर्नुका साथै गर्भाशयको लाइनिङ्ग तथा प्लासेन्टालाई बलियो बनाउन प्रोजेस्टेरोन हर्मोन आवश्यक छ ।
बढ्दो उमेर
बढ्दो उमेरका कारण पनि महिलामा गर्भपतनको खतरा बढ्ने गर्छ । विशेषगरी, ३० वर्ष भन्दा माथिको उमेरमा गर्भधारण गर्दा महिलाको स्वास्थ्यमा विभिन्न समस्या देखिने गर्छ ।
जसका कारण गर्भपतन हुने बढी सम्भावना हुने भएकाले चिकित्सकहरु महिलालाई तीस वर्ष भित्रै गर्भाधारण गर्न सल्लाह दिन्छन् ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













गल्छीमा बोलेरोको ठक्करबाट एक जनाको मृत्यु
गाेरखामा माइक्राेबस दुर्घटना हुँदा १७ जना घाइते
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नुवाकोटको अध्यक्षमा कार्की
गेर्खुमा शहिद जङ्गबहादुर प्याकुरेलको शालिक अनावरण
स्वर्गीय नन्द कुमारीको स्मृतिमा भूमेदेवीलाई सहयोग





प्रतिक्रिया