धादिङमा बलात्कार पीडित महिलाको मृत्यु
नुवाकोट । बलात्कार पीडित अपाङ्गता भएकी २९ वर्षीया महिलाको बुधवार बिहान मृत्यु भएको छ ।

मानसिक रुपमा अपाङ्गता भएकी महिलालाई घरमा कोही नभएको माैका छोपेर नीलकण्ठ नगरपालिका–१० का ३१ वर्षीया खिलबहादुर मानन्धरले भदौ २५ गते बलात्कार गरेको पीडित पक्षले भदौ २६ गते जिल्ला प्रहरी कार्यालय धादिङमा उजुरी दिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी सुवास हमालले बताए ।
पीडित महिलाको धादिङ अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ ।
रक्तअल्पता भएको अवस्थामा सिकिस्त बिरामी परेर धादिङ अस्पतालमा भदौ ३१ गते उपचारका लागि भर्ना भएकी पीडितको अस्पतालमा रगत समेत चढाएर उपचार गर्दा गर्दै मृत्यु भएको धादिङ अस्पतालले जनाएको छ ।
आरोपित मानन्धर फरार छन् । आरोपितलाई पक्राउ गर्न गाउँवासीले घटनापछि आग्रह गरेको भएपनि आरोपित फरार छन् । शवको बुधवार धादिङ अस्पतालमा पोस्टमार्टम भयो ।

- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












सुशासन र समृद्धिको आकांक्षा सम्बोधन गर्ने बजेट आयो : सञ्चारमन्त्री डा.तिमिल्सिना
सरकारी कर्मचारीको तलबमा २१ प्रतिशत वृद्धि
दुप्चेश्वरको एक सामाजिक संस्थालाई खड्काको सहयोग
आज १९ औँ गणतन्त्र दिवस, देशभर भव्य रूपमा मनाइँदै
गुर्जेभन्ज्याङमा ईभी कार र्दुघटना, तीनजना घाइते





प्रतिक्रिया