जेनजी आन्दोलनका मृतकको सम्झनामा  छहरेमा दिप प्रज्वलन

विदुर खबर २०८२ असोज १ गते २२:१५

नुवाकोट । गत सोमबार काठमाडौँमा भएको जेनजी आन्दोलनमा ज्यान गुमाएकाहरूको सम्झना र घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै बुधवार साँझ नुवाकोटको लिखु गाउँपालिका वडा नम्बर ६ छहरेमा दीप प्रज्वलन गरिएको छ।

Advertisement

स्थानिय युवाहरुको आयोजनमा जेनजीआन्दोलनका मृतकको सम्झनामा दीप प्रज्वलन गरिएको प्रकाश डंगोलले बताए ।

स्वतन्त्र रूपमा भेला भएका युवाहरूले मैनबत्ती बालेर मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्नुका साथै घाइतेहरूको स्वास्थ्य लाभको कामना गरेका हुन्।

Advertisement

सोमबारको आन्दोलनमा हालसम्म ७४ जनाको मृत्यु भएको छ।

प्रतिक्रिया