‘टान’ निर्वाचनः अध्यक्षमा सुवेदी र थापा भिड्दै
नुवाकोट । पदयात्रा पर्यटन व्यवसायीको छाता सङ्गठन ट्रेकिङ एजेन्सीज एसोसिएसन अफ नेपाल (टान) को अध्यक्षमा प्रजातान्त्रिक समूहबाट खुमबहादुर सुवेदी र वामपन्थी समूहबाट अन्जन थापा भिड्ने भएका छन् ।
प्रजातान्त्रिक समूह निकट रहेको निट नेपालको शनिबार बसेको बैठकले प्रजातान्त्रिक व्यवसायीको तर्फबाट हालका वरिष्ठ उपाध्यक्ष सुवेदीको नेतृत्वमा व्यवसायी समूह उठाउने निर्णय गरेको हो । सुवेदीको नेतृत्वमा वरिष्ठ उपाध्यक्षमा नविन त्रिताल, प्रथम उपाध्यक्षमा चोलेन्द्रबहादुर कार्की, द्वितीय उपाध्यक्षमा भरत सापकोटा, महासचिवमा कर्मा शेर्पा, कोषाध्यक्षमा रितु ग्याम्दान, सचिवमा प्रदीप घिमिरे र सह–कोषाध्यक्षमा सूर्यकुमार श्रेष्ठलाई उठाउने निर्णय गरिएको निट नेपालका अध्यक्ष दीपक महतले जानकारी दिनुभयो ।
त्यस्तै वामपन्थी पर्यटन व्यवसायीको तर्फबाट अन्जन थापालाई अध्यक्ष बनाउने भएको छ । थापा समूहबाट लड्ने पदाधिकारी तथा सदस्यको नाम टुङ्ग्याउन बाँकी रहेको जनाइएको छ ।
टानको वार्षिक साधारणसभा तथा निर्वाचन भदौ २० गते हुँदैछ । पर्यटन क्षेत्रको सबैभन्दा धेरै सदस्य रहेको टानमा दुई हजारभन्दा बढी साधारण सदस्यले निर्वाचनमा भाग लिन पाउनेछन् ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













शाही युवा शक्ति नुवाकोट जिल्ला कार्यसमिति गठन
नुवाकोटको दुप्चेश्वरमा बढ्दै भक्तजन
एमाले महाधिवेशनमा नेतृत्वको रस्साकसी
धादिङमा माइक्रोबस दुर्घटना हुँदा ११ जना घाइते
सहकारी चोरीमा संलग्न नुवाकोटका गजुरेल १० लाखसहित पक्राउ





प्रतिक्रिया