अनेरास्ववियुको केन्द्रीय कमिटी ३३५ सदस्यीय
नुवाकोट । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट अनेरास्ववियुको केन्द्रीय कमिटी ३३५ सदस्यीय बन्ने भएको छ ।
यसअघि पार्टीले एकतापछि अनेरास्ववियुको कमिटी २५१ सदस्यीय बनाइने निर्णय गरे पनि बसेको बैठकले ३३५ सदस्यीय बनाउने निर्णय गरेको अनेरास्ववियुका नेता सुरेन्द्र बस्नेतले जानकारी दिनुभयो । बैठकमा अनेरास्ववियुका इन्चार्ज हितमान शाक्य, सह–इन्चार्ज विनोद ढकाल, संयोजक ऐन महर र सह–संयोजक रञ्जित तामाङ उपस्थित थिए । बैठकले एकतामा साविक एमाले निकट अनेरास्ववियुबाट १८० जना र साविक नेकपा (माओवादी केन्द्र) निकट अनेरास्ववियु (क्रान्तिकारी) बाट १५५ जना रहने निर्णय गरेको छ ।
बैठकले सङ्गठनको एकताको बाँकी काम सक्नका लागि तीन समितिसमेत गठन गरेको छ । अनेरास्ववियुका संयोजक ऐन महरको संयोजकत्वमा राजनीतिक र साङ्गठनिक प्रतिवेदन तथा आगामी कार्ययोजना निर्माण उपसमिति गठन गरिएको छ । समितिको सदस्यमा सुरेन्द्र बस्नेत र पञ्चा सिंह रहनु भएको छ । यसैगरी विधान मस्यौदा उपसमितिमा अनेरास्ववियुका सह–संयोजक रञ्जित तामाङ संयोजक तथा सुनिता बराल र समिक वडाल सदस्य रहनुभएको छ । आर्थिक तथा कार्यालय व्यवस्थापन उपसमितिको संयोजक उत्तम अधिकारी तथा सदस्यमा आरसी लामिछाने, झपिन्द्र खत्री र केशव रावल रहनुभएको छ । बैठकले भदौ मसान्तसम्म एकता प्रक्रिया टुङ्गो लगाउनेसमेत निर्णय गरेको संयोजक महरले जानकारी दिनुभयो । एकताको केन्द्रीय समितिको पहिलो बैठक भदौ ३१ र असोज १ गते बस्नेछ । एकता पछि अनेरास्ववियुले बिहीबारदेखि कार्यालय सञ्चालनमा ल्याएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













शाही युवा शक्ति नुवाकोट जिल्ला कार्यसमिति गठन
नुवाकोटको दुप्चेश्वरमा बढ्दै भक्तजन
एमाले महाधिवेशनमा नेतृत्वको रस्साकसी
धादिङमा माइक्रोबस दुर्घटना हुँदा ११ जना घाइते
सहकारी चोरीमा संलग्न नुवाकोटका गजुरेल १० लाखसहित पक्राउ





प्रतिक्रिया