गर्भावस्थामा पेट किन दुख्छ ?

विदुर खबर २०७४ फागुन २७ गते १२:४१

गर्भावस्था महिलाको जिवनकै विशेष अवस्था हो । गर्भावस्थामै एउटी महिलाले आफूलाई पूर्ण भएको अनुभव गर्छिन् । महिलाले जस्तोसुकै पिडा सहेर पनि बच्चालाई जन्म दिने गर्छन् ।

Advertisement

गर्भावस्थाको महत्व वयान गरिरहदा यसको जटिल पक्ष भने हामीले भुल्नु हुँदैन । गर्भावस्था महिलाको लागि जति सुन्दर छ, समयमै हेरचाह नपुर्‍याएको अवस्थामा त्यो दुर्घटना पनि बन्न सक्छ । यस्तो बेला गर्भवतीको विशेष हेरचाह गर्नुपर्छ । गर्भावस्थामा बारम्बार पेट दृुख्छ भने त झन बढी सतर्क हुनैपर्छ ।

गर्भावस्थामा पेट दुखाई

Advertisement

सामान्यतया गर्भावस्थामा पेट दुख्नु वा पेट जकडिनु सामान्य हो । पेटमा जम्मा भएको वायुका कारण पेट दुख्नसक्छ ।

तर पेट दुख्नुमा बायुसहित अन्य कारण पनि हुनसक्छन् । पेटमा रहेको शिशुका कारण गर्भको आकार बढ्ने गर्छ । जसका कारण पेटबाहेक अन्य अंग, मांसपेशी, आन्द्रामा पनि भार पर्छ र त्यसबाट पेट दुख्ने गर्छ ।

Advertisement

पेटको दुखाई अधिक छ र लामो समयसम्म दुखाई कम भएन भने तुरुन्तै चिकित्सकका जानुपर्छ । अझ, पेट दुखाईका साथै ज्वरो आयो, योनीबाट रगत बग्यो, चक्कर लाग्यो र कमजोरी भयो भने विना कुनै विलम्व अस्पताल जानुपर्छ ।

इम्प्लान्टेसन

सामान्यतया गर्भको प्रारम्भीक अवस्थामा भ्रुण पाठेघरको पर्खालमा गएर बस्ने गर्छ, जसका कारण पनि कसै कसैलाई पेट दुख्ने गर्छ । यसलाई चिकित्सकीय भाषामा ‘इम्प्लान्टेसन’ भन्ने गरिन्छ । कहिलेकाही ‘इम्प्लान्टेसन’सँगै योनीबाट रगत समेत बग्ने गर्छ ।

कब्जियतको समस्या

गर्भावस्थाका क्रममा कहिलेकाही पाठेघरको दवाव आन्द्रामा पर्छ र त्यसले कब्जियतको समस्या ल्याउनसक्छ । गर्भावस्थामा कब्जियतबाट बच्न प्रशस्त मात्रामा पानी पिउनुपर्छ । अनि पर्याप्त मात्रामा हरिया रेशेदार सागसब्जी खानुपर्छ ।

लेवर पेन

गर्भावस्थाको अन्तिम चरणमा जब प्रसुतीको समय आउँछ, त्यतिबेला पेटमा छुट्टै किसिमको पिडा महसुस हुन्छ । यस्तो दुखाई हरेक पाच मिनेटमा महसुस हुन्छ र पिडादायक हुुन्छ ।

यसको साथै, योनीबाट पानी तथा रगत बग्न थाल्छ । कहिलेकाही यस्तो पिडा प्रसुती अवस्था सुरुहुनु केही दिन पहिलेबाटै हुन थाल्छ, जसलाई ‘पि्रम्याचुअर लेवर पेन’ पनि भनिन्छ ।

प्रतिक्रिया