एसियाका १३ मनोरम शहरकाे सूचीमा नेपालको घान्द्रुक पनि
विदुर खबर
२०७६ भदौ १२ गते १०:३०
नुवाकोट । विश्वप्रख्यात समाचार संस्था सीएनएनले एसियाका मनोरम १३ शहरको सूचीमा नेपालको घान्द्रुकलाई पनि समावेश गरेको छ । सीएनएन ट्राभलले बुधबार प्रकाशित गरेको सूचीमा नेपालको घान्द्रुक पनि परेको हो ।
पोखराबाट पाँच घन्टाको ट्रेकिङपछि घान्द्रुक पुग्न सकिने भन्दै सीएननले घान्द्रुकलाई मध्य नेपालको सुन्दर ठाउँ भनेको छ ।परम्परागत शैलीका कलात्मक चिया घर, यहाँको चालचलन, पहाडको टुप्पोमा रहेका मन्दिर, स्थानीय परिकारलगायतको पनि सीएनएन ट्राभलले प्रशंसा गरेको छ । सीएनएनले नेपालको सुन्दर हिमाली क्षेत्र र घान्द्रुकको भिडियो पनि वेबसाइटमा राखेको छ । साथै सीएनएन घान्द्रुकमा गुरुङ समुदायको जीवनशैली र संस्कृति पनि नजिकबाट नियान्ल सकिने बताएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












ढुङ्गे-त्रिशूली जोड्ने बेलिब्रिज निर्माणका लागि संयुक्त स्थलगत निरीक्षण
संगीना वैद्य तालिम तथा प्रशिक्षण विभागको निर्देशक नियुक्त
नुवाकोटका बाढी प्रभावित क्षेत्रमा जसपा नेपालको टोली: राहत र पुनर्स्थापनामा गति दिन माग
त्रिशूलीको कटानले तारुकाघाट र दर्शनटार जोखिममा
ढुङ्गे-त्रिशूली जोड्ने पुल र अस्थायी आवासको माग गर्दै नुवाकोटमा विरोध प्रदर्शन





प्रतिक्रिया