युएईमा तीज विशेष कार्यक्रम हुने

विदुर खबर २०७६ भदौ १२ गते ९:५५

युएई । संयुक्त अरब इमिरेट्स (युएई)को दुबईमा तीज विशेष कार्यक्रमको आयोजना हुने भएको छ । शुक्रबार दुबईस्थित कार्लटन टावर होटलमा कार्यक्रम हुने मूल आयोजक समितिले जनाएको छ ।

Advertisement

उक्त कार्यक्रममा नेपालबाट कालाकारहरु राधिका हमाल, बिन्दु परियार तथा झलक संगीतम आउने बताइएको छ| युएईमा लामो समयदेखि रहेर नेपाली कला तथा संस्कृतिमा उल्लेख्य योगदान पुर्‍याउने कलाकारहरुले समेत कार्यक्रममा प्रस्तुति दिनेछन्। दाङ देउखुरी समाज, अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाज र प्युठान स्वर्गद्वारी समाजले संयुक्तरुपमा कार्यक्रमको आयोजना गर्न लागेका हुन्। उनीहरुले कार्यक्रममा सहभागी सफल बनाउन यूएईमा रहेका सम्पूर्ण नेपालीहरुमा हार्दिक अपील गरेका छन्|

उक्त तीज विशेष सांस्कृतिक कार्यक्रमबाट भएको आम्दानीले आर्थिकरुपले विपन्न जेहेनदार विद्यार्थीका लागि तीन वटै जिल्लामा प्राथमिकताको आधारमा अक्षयकोष स्थापना गरिनेछ। यी तीन वटै संस्थाले गत वर्ष पनि संयुक्त रुपमा तीज विशेष सांस्कृतिक कार्यक्रमको आयोजना गरेका थिए।

Advertisement

(युएईबाट कमल गिरिको सहयोगमा)

प्रतिक्रिया