युएईमा तीज विशेष कार्यक्रम हुने
युएई । संयुक्त अरब इमिरेट्स (युएई)को दुबईमा तीज विशेष कार्यक्रमको आयोजना हुने भएको छ । शुक्रबार दुबईस्थित कार्लटन टावर होटलमा कार्यक्रम हुने मूल आयोजक समितिले जनाएको छ ।
उक्त कार्यक्रममा नेपालबाट कालाकारहरु राधिका हमाल, बिन्दु परियार तथा झलक संगीतम आउने बताइएको छ| युएईमा लामो समयदेखि रहेर नेपाली कला तथा संस्कृतिमा उल्लेख्य योगदान पुर्याउने कलाकारहरुले समेत कार्यक्रममा प्रस्तुति दिनेछन्। दाङ देउखुरी समाज, अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाज र प्युठान स्वर्गद्वारी समाजले संयुक्तरुपमा कार्यक्रमको आयोजना गर्न लागेका हुन्। उनीहरुले कार्यक्रममा सहभागी सफल बनाउन यूएईमा रहेका सम्पूर्ण नेपालीहरुमा हार्दिक अपील गरेका छन्|
उक्त तीज विशेष सांस्कृतिक कार्यक्रमबाट भएको आम्दानीले आर्थिकरुपले विपन्न जेहेनदार विद्यार्थीका लागि तीन वटै जिल्लामा प्राथमिकताको आधारमा अक्षयकोष स्थापना गरिनेछ। यी तीन वटै संस्थाले गत वर्ष पनि संयुक्त रुपमा तीज विशेष सांस्कृतिक कार्यक्रमको आयोजना गरेका थिए।
(युएईबाट कमल गिरिको सहयोगमा)
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














विदुरले घरभाडाबापत १० हजार रुपैयाँ उपलब्ध गराउने
विनाशकारी बाढीले त्रिभुवन त्रिशुली मावि पूर्ण रूपमा क्षतिग्रस्त: डिहीबजारमा अस्थायी रूपमा सञ्चालन गरिने
नुवाकाेटमा हैजाविरुद्धकाे खाेप
भत्किएका बाटा र बगेका पुलबीच यादमा सल्बलाएका ‘आफ्ना मानिसहरू’
किस्पाङ बाढीपीडितलाई राहत : मृतक परिवारलाई ३० हजार, घरबारविहीनलाई मासिक ४ हजार





प्रतिक्रिया