सहरमा फेरी टिपर आतंक
विदुर खबर
२०७६ भदौ ११ गते ८:१४
नुवाकोट । उपत्यकावरिपरिका नाकामा दिनभर ढुंगा, गिटी र बालुवासँगै अन्य निर्माण सामाग्रीले भरिएका टिपर भित्रिन्छन् ।
ललितपुरको चापागाउँ, माछापोखरी, बौद्ध पेप्सिकोला र भक्तपुरको जगाती क्षेत्रमा ती टिपर लाइन लगाएर पार्किङ गरेको देखिन्छ ।सरकारले एक वर्षअघि लागू गरेको ‘टाइम कार्ड’ अनुसार बेलुकी ८ बजेपछि मात्रै रिङरोडमा टिपर प्रवेश पाउँछन् । त्यतिन्जेलसम्म चालक टिपरभित्रै सुत्छन् ।
जब बेलुकी ८ बज्छ त्यसपछि टिपरले सडक तताउँछ । दिनभर बस्दा आलस्य मानेका चालक धुलो उडाउँदै बतासिन्छन् । ८ बजेपछि घर फर्किने यात्रु टिपर हुइँकिएको देख्दा किनारा लगाएर बाटो छाड्नुको विकल्प देखिदैन । यो समाचार आजको नागरिक दैनिकमा शिवहरि घिमिरेले लेखेका छन् ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया