नेकपामा नेतृत्वको सार्वजनिक आलोचना गर्न प्रतिबन्ध
नुवाकोट । नेपाल कम्युनिस्ट पार्टी केन्द्रीय सचिवालय (हाइकमान्ड)ले नेतृत्वको सार्वजनिक आलोचना र विरोध गर्न नेता–कार्यकर्तामाथि प्रतिबन्ध लगाएको छ ।
पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा सोमबार बसेको सचिवालय बैठकले नेता–कार्यकर्तालाई अनुशासनको लगाम लगाउने भन्दै नेतृत्वको सार्वजनिक आलोचना गर्न प्रतिबन्ध लगाएको हो । ‘आजकै बैठकले पार्टीका सबै तहका नेता, कार्यकर्ता तथा सदस्यहरूलाई पार्टीको नीति एवं नेतृत्वका सम्बन्धमा असहमति, आलोचना वा विरोध भएमा पार्टी विधानको व्यवस्थाबमोजिम प्रस्तुत हुन र अन्तरपार्टी जनवादको भरपुर उपभोग गर्न निर्देशित गरेको छ,’ बैठकपछि महासचिव विष्णु पौडेलले भने, ‘पार्टीको नीति एवं नेतृत्वका सम्बन्धमा सार्वजनिक रूपमा विरोध वा आलोचना नगर्न निर्देशित गरेको छ ।’
पार्टीको नीति वा नेतृत्वकविरुद्धमा लेख्ने, बोल्ने वा गतिविधि गर्नेहरूप्रति पार्टी विधानबमोजिम स्पष्टीकरण सोधिने र कारबाहीको प्रक्रिया अघि बढाइने निर्णय भएको पनि पौडेलले बताए । आफूलाई चित्त नबुझेको नीति, एजेन्डा, निर्णय र नेतृत्वविरुद्ध पार्टी बैठकभित्र भने आलोचना गर्न पाइने नेकपाले जनाएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












कालिन्चोक हाइड्रोपावरको आईपीओ बाँडफाँट
आज वैशाख कृष्ण औँसी, आमाको मुख हेर्ने दिन
नुवाकोटको दुप्चेश्वरमा वैशाख १८ गते ग्लानको राष्ट्रिय सम्मेलन हुने
हेटौंडामा घरमै पुगेर दिइयो राहदानी
प्रधानमन्त्रीलाई मुख्यमन्त्री बानियाँको सुझाव, गाँजा खुला गरौं





प्रतिक्रिया