सोमबार इतिहासमै पहिलोपल्ट भिडियो कन्फ्रेन्समार्फत मन्त्रिपरिषद् बैठक बस्ने
विदुर खबर
२०७६ भदौ ९ गते ६:३५

नुवाकोट,सोमबार इतिहासमा नै पहिलो पटक भिडियो कन्फेन्समार्फत् मन्त्रिपरिषद् बैठक बस्ने भएको छ।
दिउँसो १२ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भिडियो कन्फ्रेन्समार्फत् मन्त्रिपरिषद बैठक बस्न लागेको हो। प्रधानमन्त्री केपी शर्मा ओली उपचारका लागि सिंगापुरमा रहेकाले भिडियो कन्फ्रेन्समार्फत बैठक बस्न लागेको हो । प्रधानमन्त्री सिंगापुरबाटै भिडियोमा सामेल हुनेछन्।
बैठककाे अध्यक्षता पनि प्रधानमन्त्रीले नै गर्नेछन्। यसअघिको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री सिंगापुर रहँदा भिडियो कन्फ्रेन्समार्फत् बैठक बस्ने निर्णय गरेको थियो।
सम्बन्धित
प्रतिक्रिया