‘बोक्सी’ आरोपमा शिक्षिका पनि कुटिइन्, जोखाना हेर्ने जमातमा पत्रकार !
२७ फागुन, कैलाली । जिल्लाको घोडाघोडी नगरपालिका वडा नं. ५ स्थित देउकलियाकी छात्रा राधा चौधरीमाथि ७ घण्टा निर्घात कुटपिट हुँदा गाउँलेहरुले रमिता हेरे, ताली पड्काए । तर, यति लामो यातना दिइँदा राधाका बुबाआमा र परिवारजन कहाँ थिए ?
राधामाथि कुटपिट भइरहेको भिडियो कसले खिच्यो ? जुन भिडियोकै कारण राधाले न्याय पाइन् र अपराधीमाथि कारवाहीका लागि दबाव सम्भव भयो ।
बोक्सीको आरोपमा राधामाथि भएको कुटपिटबारे खोजतलास गर्दै जाँदा घटनाका अनेकन पहेली बाहिर आउन थालेका छन् ।
राधामाथि कुटपिट भएकै दिन बोक्सीकै आरोपमा एक जना शिक्षिकामाथि समेत कुटपिट भएको तथ्य फेला परेको छ ।
झाँक्री रामबहादुरसँग जोखाना हेराउन एकजना पत्रकारसमेत आफ्नी आमालाई लिएर घटनास्थलमा पुगेको अर्को तथ्य खुलेको छ ।
जब पत्रकार नै जोखाना हेराउन पुगे
कैलालीका बालकृष्ण चौधरी पेशाले इञ्जिनियर हुन् । उनी क्लासिटेकमा काम गर्छन् । उनी इञ्जिनियरका साथसाथै पत्रकार पनि हुन् । उनी थारु भाषाको अनलाइन चलाउँछन्- थारुनके डटकम ।
गत विहीबार इञ्जिनियर/पत्रकार चौधरीकाे घोडाघोडी रेडियोमा कार्यरत अर्का एकजना पत्रकार साथीसँग भेट भयो ।
ती पत्रकार आफ्नी बिरामी आमालाई उपचार गराउनका लागि देउकलियास्थित झाँक्री रामबहादुर चौधरीको घरमा जान लागेका रहेछन् ।
शिवरात्रीदेखि नै देउकलियामा रामबहादुर भोलेबाबाजीमा साक्षात शिव उत्रिएको सुनेपछि आफू आमालाई लिएर जोखाना हेराउन जान लागेको ती पत्रकार मित्रले बालकृष्णलाई बताए । र, उनलाई पनि भोलेबाबा हेर्न जान आग्रह गरे ।
बालकृष्णले रेडियो पत्रकार मित्रको आग्रहलाई टार्न सकेनन् र उनै आमाछोरासँग नगरपालिकाबाट ४/५ किलोमिटर टाढा पर्ने झाँक्री रामबहादुर चौधरीको घरतिर लागे ।
रिपोटिङका लागि नभई बिरामी आमाको उपचार गर्ने र भोलेबाबाको ‘दर्शन’ पनि गर्ने उद्देश्यले पत्रकारहरु रामबहादुरको घरमा पुग्दा त्यहाँ राधा चौधरीमाथि निर्घात कुटपिट भइरहेको थियो । ठूलो भिडले यो दृश्य हेरिरहेको थियो । त्यही दर्शकको भीडमा पत्रकार पनि मिसिए ।
राधामाथि कुटपिट भइरहँदा केही मानिसहरु आ-आफ्नो मोबाइलबाट भिडियो खिचिरहेका थिए । भिडियो खिच्नेलाई देखेपछि झाँक्री रामबहादुर चौधरी भन्थे- ‘म भोलेबाबा शिवजी हुँ, तिमीहरुले खिचेको भिडियो म मोबाइलभित्रै गायव बनाइदिन सक्छु ।’
पत्रकार साथी र उनकी आमासँग जानेक्रममा आफूहरु घटनास्थलमा करिब आधा घण्टाजति बसेर फर्केको बालकृष्ण चौधरीले अनलाइनखबरलाई बताए । त्यहाँ आफूले मोबाइलबाट खिचेको भिडियो बेलुका थारुनके डटकममा अपलोड गरेको उनले जानकारी दिए ।
आफूहरु त्यहाँ पुग्दा राधामाथि कुटपिट भइरहेको र आफूहरु फर्कंदा पनि त्यो जारी नै रहेको चौधरीले बताए ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












पश्चिम एसियाको युद्धले नेपाली रोजगारी संकटमा: ‘घर फर्क’ भन्न थाले कम्पनी, सरकार सतर्क
नुवाकोटको ककनीमा टिफरको ठक्करबाट एक जनाको मृत्यु
अब दुई दिन सरकारी बिदा
नुवाकोटमा स्कुटर र्दुघटना हुँदा एक जनाको मृत्यु
रेग्मीको ‘अक्षरमा अनुभूति’ मुक्तक संग्रह लोकार्पण





प्रतिक्रिया