प्रदेश ३ का पाँच जिल्लामा डेंगुका ५ सय ५८ बिरामी भेटिए

विदुर खबर २०७६ भदौ ८ गते ६:४०

नुवाकोट, प्रदेश ३ का पाँच जिल्ला पाँच जिल्लामा डेंगुका ५ सय ५८ बिरामी देखापरेका छन् । मकवानपुरमा डेंगुका सबभन्दा बढी बिरामी देखापरेका छन् । यसपछि चितवनमा ड्ंगुका बढी बिरामी देखापरेका हुन् ।

Advertisement

डेंगुका बिरामी मकवानपुरमा सबभन्दा बढी २ सय ८७ जना, चितवनमा एक सय ५१ जना, काठमाडौंमा एक सय १६ जना, ललितपुरमा ३ जना र भक्तपुरमा १ जना देखापरेका छन् । डेंगु नियन्त्रणका लागि तयारीसाथ काम भइरहेको प्रदेशका सामाजिक विकास मन्त्री युवराज दुलालले जानकारी दिनुभयो ।

यसबारे जनचेतना जगाएर काम जारी रहेको भन्दै उहाँले डेंगु नियन्त्रण गर्ने मुख्य काम ‘सर्च एण्ड डिष्ट्रोय’ नै रहेको बताउनुभयो । उहाँले उक्त अभियानमा स्कुलका विद्यार्थीदेखि हरेक क्षेत्रका नागरिक परिचालन गर्न निर्देशन दिनुभएको छ ।शुक्रबार मन्त्रालयमा बैठक गरेर मन्त्री दुलालले सरोकारवाला निकायलाई यस्तो निर्देशन दिनुभएको हो ।

Advertisement

प्रतिक्रिया