‘सन्नाटाको लय’ कविता संग्रह सार्वजनिक

विदुर खबर २०७६ भदौ ७ गते २१:१०

नुवाकोट, कवि नरेन्द्र कुमार नगरकोटीको पहिलो कवितासंग्रह ‘सन्नाटाको लय’ शुक्रबार सार्वजनिक भएको छ ।

Advertisement

कवितासंग्रह ‘सन्नाटाको लय’ कवि विप्लव प्रतीक, आख्यानकार विजय सापकोटा र समालोचक ज्ञानु अधिकारीले संयुक्त रुपमा लोकार्पण गरेका हुन् । समिक्षक कवि प्रतीकले ‘सिंगो आख्यानले भन्ने कुरा कवितामा ६ लाइनले भन्न सकेको बताए । संग्रहभित्रका अधिकांश कविताले आम मान्छेको आवाज बोलेको प्रतीकले बताए । समाजका असमानताको विरुद्ध शालीन ढंगले कविताले आवाज उठाएको प्रतीकको भनाइ थियो।

आख्यानकार विजय सापकोटाले नगरकोटीसँग करिब २ दशक अघिदेखिको सम्बन्ध र सहयात्राबारे स्मरण गरेका थिए । सापकोटाले कवी नगरकोटि नजिकका साथी रहेको र उनको कविता लेखन सुरुबाट नै आफु उनको कविताको साक्षी रहेको बताए । कविताले आफूलाई सधैं प्रभावित गरिरहेको उनले बताए ।समालोचक ज्ञानु अधिकारीले संग्रहका २८ वटा कविताले कविताको प्यासलाई मेटाएको बताइन्। ‘कविताले मेरो मन हल्लायो, पाठकहरूको पनि हल्लाउँछ। आजको समय र चेतना, संग्रहभित्रको कवितामा मैले पाएँ,’ उनले भनिन्।नरेन्द्रका कविताले हरफै पिच्छे तरंग पैदा गर्ने क्षमता राखेको अधिकारीको टिप्पणी थियो।

Advertisement

कवि नगरकोटीले पहिलो कामको अनुभूति सधैं विशेष र फरक हुने बताए ।उनले आफूलाई कविताकर्ममा साथ र प्रेरणा प्रदान गर्ने सबैलाई धन्यवाद दिँदै आफ्नो कवितासँग आफु भन्दा नजिक अरु व्यक्तित्वहरू रहेको बताए ।कार्यक्रममा कवि नगरकोटीले शीर्ष कविता‘सन्नाटाको लय,’ ‘ढुकढुकीको आवाज’ र ‘मार्च ८ मा बाको सम्झना’ सुनाए। मूल्य रु १ सय ९९ राखिएको संग्रहलाई शाब्दिक बुकले प्रकाशनमा ल्याएको हो।

प्रतिक्रिया