दोस्रो तीज व्यापार मेला शुरु
विदुर खबर
२०७६ भदौ ७ गते ७:२३

नेपाल चेम्बर अफ कमर्श नेपालको आयोजनामा ‘दोस्रो तीज व्यापार मेला–२०७६’ शुक्रबारदेखि शुरु भएको छ ।
मेलाको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता अष्टलक्ष्मी शाक्यले उद्घाटन गर्दै महिलालाई सक्षम, उद्यमी र व्यवसायी बनाए मात्र मुलुकको विकास निर्माणमा सहयोग पुग्ने बताउनुभयो । उहाँले महिलाले आफू उद्यममा लाग्न आफैँ क्रियाशील रही आत्मनिर्भर बन्नुपर्नेमा जोड दिनुभयो ।
चेम्बरका कार्यवाहक अध्यक्ष राजेन्द्र मल्लले मेलाले महिलामा थप ऊर्जा थप्ने बताउनुभयो । महिला चेम्बर अफ कमर्शका अध्यक्ष उर्मिला श्रेष्ठले महिला सशक्तीकरणका लागि मेलाको आयोजना गरिएको जानकारी दिनुभयो । मेलामा महिलाले आफैँले उत्पादन गरेका ५० कक्ष राखिएको छ ।
सम्बन्धित
प्रतिक्रिया