निर्माण कम्पनिको लापरवाहीले गैरीखर्कका एक दर्जन घर जोखिममा

विदुर खबर २०७६ भदौ ५ गते १४:२१

गेर्खु, सडक निर्माण कम्पनिको चरम लापरवाहीको कारण विदुर नगरपालिका वडा नम्बर १० गैरीखर्कमा एक दर्जनभन्दा बढी घर जोखिममा परेका छन ।

Advertisement

फुलवारी–गेर्खुटार–चोगते सडकखण्ड अन्र्तगत गैरीखर्कमा अस्थाइ निकास नकाट्दा एक दर्जन घर उच्च जोखिमामा परेको विदुर नगरपालिका वडा नम्बर १० का वडाअध्यक्ष गणेश नेपालले बताए । सडक निर्माण कम्पनिको लापरवाहीको कारण रिठे मुहान , आयोजनामा समेत क्षति पुगेको छ ।

त्यस्तै सडक आयोजनाको लापरवाहीको कारण एक नम्बरको पुल नजिक सौरा खोल्छाका शिबराम घिमिरको घर उच्च जोदिममा परेको छ । त्यस्तै माझगाउँ बाट आएको भलले रामप्रसाद घिमिरे, माधब घिमिर,े चन्द्रबहादुर भुजेल, मनकुमार भुजेल,बलराम भुजेलको घर उच्च जोखिममा रहेको वडाअध्यक्ष नेपालले बताए ।
सो सडक निर्माणको जिम्मा केन्द्रिय सांसद बहादुरसिंह लामाको हेमदुङ एण्ड थोकरले पाएको छ भने सब कन्ट्रयाक्टरको जिम्मा कांग्रेस नेता जगत तामाङले लिएका छन । सडकको अवस्थाको विषयमा जगत तामाङलाई जानकारी गराउँदा समेत सुनुवाई नभएको वडाअध्यक्ष नेपालले बताए ।

Advertisement

प्रतिक्रिया