निर्माण कम्पनिको लापरवाहीले गैरीखर्कका एक दर्जन घर जोखिममा
गेर्खु, सडक निर्माण कम्पनिको चरम लापरवाहीको कारण विदुर नगरपालिका वडा नम्बर १० गैरीखर्कमा एक दर्जनभन्दा बढी घर जोखिममा परेका छन ।
फुलवारी–गेर्खुटार–चोगते सडकखण्ड अन्र्तगत गैरीखर्कमा अस्थाइ निकास नकाट्दा एक दर्जन घर उच्च जोखिमामा परेको विदुर नगरपालिका वडा नम्बर १० का वडाअध्यक्ष गणेश नेपालले बताए । सडक निर्माण कम्पनिको लापरवाहीको कारण रिठे मुहान , आयोजनामा समेत क्षति पुगेको छ ।
त्यस्तै सडक आयोजनाको लापरवाहीको कारण एक नम्बरको पुल नजिक सौरा खोल्छाका शिबराम घिमिरको घर उच्च जोदिममा परेको छ । त्यस्तै माझगाउँ बाट आएको भलले रामप्रसाद घिमिरे, माधब घिमिर,े चन्द्रबहादुर भुजेल, मनकुमार भुजेल,बलराम भुजेलको घर उच्च जोखिममा रहेको वडाअध्यक्ष नेपालले बताए ।
सो सडक निर्माणको जिम्मा केन्द्रिय सांसद बहादुरसिंह लामाको हेमदुङ एण्ड थोकरले पाएको छ भने सब कन्ट्रयाक्टरको जिम्मा कांग्रेस नेता जगत तामाङले लिएका छन । सडकको अवस्थाको विषयमा जगत तामाङलाई जानकारी गराउँदा समेत सुनुवाई नभएको वडाअध्यक्ष नेपालले बताए ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












विदुर १३ वडा कार्यालय नयाँ भवनबाट सञ्चालनमा
रसुवागढी जलविद्युत् आयोजनाको विद्युत् उत्पादन बन्द
नवीकरण नगर्ने ४४ निर्माण कम्पनीको इजाजतपत्र स्वतः खारेज
कतारका पूर्व अमिर अल थानीको निधन
माइतीघरमा सुकुम्बासीहरूको प्रदर्शन जारी





प्रतिक्रिया