शौचालय जाँदा बलात्कृत हुन्छन् युवती, ‘ठालू’ले गाउँमै मिलाउँछन् घटना
२६ फागुन, महोत्तरी । फागुन २१ गते, सोमबार राति । महोत्तरीकी साइरुन (नाम परिवर्तन) शौचालय जान घर बाहिर निस्किन् ।
शौचालय जान निस्केकी उनलाई ६ जनाको समूहमा रहेका युवाहरुले झ्यापझुप समाते । २२ वर्षीय साइरुनलाई खेतमा पुर्याएर जवस्तस्तीकरणी प्रयास गरे । धन्न उनी करणी हुनबाट बचिन् ।
आफूलाई जवरजस्ती करणी प्रयास गरेको भन्दै ती युवतीले प्रहरीमा उजुरी दिइन् । प्रहरीले अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको दिन नै पक्राउ गरी शुक्रबार सार्वजनिक गर्यो ।
जवरजस्तीकरणीको प्रयास गर्ने भंगहा नगरपालिका ६ हतिसर्वा घर भएका १९ वर्षे सुभाष विश्वकर्मा, २२ वर्षिय सचिन राय थारु, प्रदिप सिंह थारु र २६ वर्षे गोविन्दकुमार रायलाई जिल्ला प्रहरी कार्यालय महोत्तरीले पक्राउ गरेको हो ।
पीडितले दिएको उजुरीका आधारमा उनीहरुलाई बिहीबार नै पक्राउ गरी शुक्रबार सार्वजनिक गरिएका महोत्तरीका एसपी कुँवेर कडायतले जानकारी दिए ।
घटनामा संलग्न दुई जना भने अझै फरार रहेको र उनीहरुको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका चारैजनामाथि जबरजस्तीकरणी उद्योग अन्तर्गत मुद्धा चलाइएको प्रहरी उपरीक्षक कडायतले बताए । घटनाबारे थप अनुसन्धान भइरहेकोे उनले बताए ।
माघ महिनामै तीन वटा बलात्कारका घटना
माघ ४ गते । समय साँझ ५ः३० । बाख्राका लागि घाँस काट्न गएका बेला दुईजना किशोरी सामुहिक बलात्कृत भए ।
बलात्कार गर्ने एकजना पक्राउ परेका छन् भने थप तीनजना आरोपी फरार छन् । सोन्मा गाउँपालिका -२ का मनोज साह रहेका छन् ।
फरार रहेका उपेन्द्र सदा मुसहर, अरुण महतो नुनिया, ओजीर मिया लगायतका आरोपीको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
मनोज साह फागुन ३ गते पुर्पक्षको लागि थुना छन् ।
घटना मिलाउन गरिएको चलखेल गरिएपनि प्रहरीले मुद्धा चलायो । घटना गाउँमै सहमति गराउन ठूलो चलखेल भएपनि अाफूहरूले मुद्दा चलाएको प्रहरीको दावी छ ।
प्रहरी उपरीक्षक प्रकाश श्रेष्ठ, प्रहरी निरीक्षक केदार वस्नेत र मुद्दा शाखाका प्रहरी नायव निरीक्षक सुखाडी साह समेतले जघन्य अपराध मिलाउन नदिने भन्दै मुद्धा चलाएका थिए ।
माघ १० गते । साँझ ४ बजे । गौशाला नगरपालिकामा एक युवतीमाथि बलात्कार प्रयास भयो ।
युवतीले प्रतिबाद गर्न खोज्दा उनको हातनै भाँचिदिए । जवरजस्तीकरणी प्रयास गर्ने विपिन राईलाई प्रहरीले पक्राउ गरी थप अनुसनधान गरिरहेको जनाएको छ ।
पिसाव गर्न जाँदा बलात्कार प्रयास
माघ २१, राति साढे ९ बजे । भंगहा नगरपालिमा २२ वर्षीया युवती पिशाव फेर्न सडकमा निस्किइन् ।
सडकमा निस्कनासाथ मादक पदार्थ सेवन गरेका युवाहरुले उनलाई हातपात गरे । जवरजस्तीकरणी प्रयास गरे । तर, नशामा लठ्ठिएकाहरुबाट जसोजतसो उनी फुत्किइन् ।
पीडित युवतीले प्रहरीमा उजुरी दिएपछि दुई जना युवा पक्राउ परेका छन् । उनीहरुमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यी त प्रतिनिधि घटनाहरु मात्रै हुन् । महोत्तरीमा दैनिक कुनै न कुनै स्थानमा महिला बलात्कृत हुने गरेको र स्थानीय राजनीति दल र स्थानीय ‘ठालू’हरुले नै मिलाउने गरेका छन् ।
महोत्तरीमा चालु आर्थिक वर्षको पुस मसान्तसम्म २ बलात्कार, एक अप्राकृतिक मैथुन र दुई बलात्कारका प्रयास भएको प्रहरीको तथ्यांक छ ।
गत आर्थिक वर्षमा ८ जना बलात्कृत भए र ५ जनालाई बलात्कार प्रयास भएको प्रहरीले जनाएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













प्रथम वडास्तरीय मेयर कप फुटवल प्रतियोगिताको तयारी तिव्र
नुवाकोटको बेलकोटगढीमा एक जनाको हत्या,दुई जना पक्राउ
चुनावी तालमेल गर्न ओलीले राखे प्रस्ताव, दाहालले गरे अस्वीकार
निर्वाचनअघि सुरक्षाकर्मीलाई राजीनामा दिन र बिदामा बस्न रोक
किशोरीलाई आइतबारदेखि एचपीभी खोप लगाइने





प्रतिक्रिया