बाढीका कारण भारतको आन्ध्र प्रदेशमा ७० हजार नागरिक प्रभावित
विदुर खबर
२०७६ साउन २० गते ७:३८
रासस/एएफपी , भारतको आन्ध्र प्रदेशस्थित गोदावरी नदीमा आएको बाढीका कारण वरपरका वस्तीमा पानी पस्दा कम्तीमा ७० हजार नागरिक प्रभावित बनेका भारतीय अधिकारीहरूले जनाएका छन्।
उक्त क्षेत्रमा बसोबास गर्ने १७ हजार ६ सय ३२ जना बाढीका कारण पूर्णरूपमा विस्थापित भएपछि उनीहरूलाई सुरक्षित स्थानमा शिविर खडा गरी राखिएको छ। गत हप्ताको अन्त्यमा आएको बाढीपछि समयमै उद्धार टोलीहरूको सहयोगमा भएका प्रयासका कारण कसैको मृत्यु भने नभएको बताइएको छ।
आन्ध्र प्रदेशका विपद् व्यवस्थापन अधिकारीले दिएको जानकारी अनुसार बाढीका कारण उक्त क्षेत्रका दुई जिल्लामा विद्युतीय सेवा अवरूद्ध बनेको छ भने विभिन्न वस्तीहरूलाई जोड्ने सडक सञ्जाल भत्केका र यातायातमा समस्या भएको छ। बाढीका कारण गोदावरी जिल्लाको पश्चिम तथा पूर्वका करीब २ सय ८० वस्तीहरू प्रभावित बनेका बताइएको छ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













शाही युवा शक्ति नुवाकोट जिल्ला कार्यसमिति गठन
नुवाकोटको दुप्चेश्वरमा बढ्दै भक्तजन
एमाले महाधिवेशनमा नेतृत्वको रस्साकसी
धादिङमा माइक्रोबस दुर्घटना हुँदा ११ जना घाइते
सहकारी चोरीमा संलग्न नुवाकोटका गजुरेल १० लाखसहित पक्राउ





प्रतिक्रिया