कार्डसन नुवाकोटले बाड्यो रौतहटका बाढीपीडितलाई राहत
हरि भेटुवाल,रौतहट । रौतहट जिल्लाका रौतहटका बाढीपीडितलाई राहत गैरसरकारी संस्था सामुदायिक तथा ग्रामिण विकास समाज नेपाल (कार्डसन) नुवाकोटले राहत बितरण गरेको छ ।
शान्ति भोलन्टियर एसोसियसन जापानको सहयोगमा बाढि प्रभावित स्थानमा राहत बितरण गरिएको हो । रौतहटको यमुनामाई गाउँपालिकाको सुकदेव चोकमा बिहिबार परोहका नगरपालिका वडा नं. १ र २ का बाढी पिडितलाई राहत बितरण गरिएको कार्डसन नुवाकोटले जनाएको छ । बाढिबाट प्रभावित भएका करिव ३ सय ३५ घर परिवारलाई राहत बितरण गरिएको हो । प्रति परिवारलाई ३० किलो चामल, ५० किलो दाल, पिठो १० किलो, एक लिटर तेल, नुन तथा सावुन लगायतका सामन दिईएको कार्डसन नुवाकोटले जनाएको छ । बाढी पिडितलाई राहत दिदै शान्ति भोलन्टियर एसोसियसनका प्रतिनिधि आई क्युरिमोरोले बिपद्को समयमा सहयोग गर्ने पाँउदै खुसी लागेको बताए । भुकम्पको बेलामा विभिन्न स्थानमा सहयोग गरेको स्मरण गर्दै बाढिबाट प्रभावित रौतहटका बासिन्दालाई राहत दिँदा अत्यन्तै खुसी लागेको उनको भनाई छ ।

कार्यक्रममा कार्डसन नुवाकोटका अध्यक्ष पदम उप्रेतीले हिमाल, पहाड, तराई कोहि छैन पराई भन्ने उदेश्यका साथ तराईमा राहत लिएर आएको जानकारी दिए । एक नेपालीले अर्को नेपालीलाई बिपद्को समयमा सहयोग गर्नुपर्ने धारणा राख्दै उनले पहाडमा विपद हुँदा तराईको सहयोग आवश्यक पर्छ त्यसैले सहयोगी भावनाका साथ रौतहट आईपुगेको उनले बताए ।
राहत पाउँदा पिडितहरु हर्षित भएका छन । सामुदायिक तथा ग्रामिण विकास समाज नेपाल कार्डसनले बिपद्को समयमा विभिन्न स्थानमा पुगेर राहत तथा अन्य सामाजिक कार्य गर्दै आएको छ । जिल्ला प्रशासन कार्यालय रौतहटको समन्वयमा बाढी पिडितहरुलाई राहात वितरण गरिएको हो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












पेट्रोलको मूल्य १५ रुपैयाँ बढ्यो
खेल विज्ञानको अनुशासन सदनमा उतार्ने जिम्मेवारीमा लामिछाने
रसुवामा आचार्य लगातार तेस्रोपटक अनुमोदित
एक हप्तामै बन्दैछ बालेन सरकार, पहिलो दिनदेखि नै नयाँ सन्देश
आजको मौसम : आज चार प्रदेशमा वर्षाको सम्भावना





प्रतिक्रिया