काठमाडौंवासीको फोक्सोमा क्यान्सरको खतरा
२५ फागुन, काठमाडौं । वैदेशिक रोजगारीबाट फर्किने नेपालीहरुलाई सुन तस्करी गर्ने गिरोहले भरियाको रुपमा प्रयोग गर्ने गरेको खुलेको छ ।
कतारबाट फर्किएका तीन नेपालीले बुझाएको सुनको बालासहित तस्करका सहयोगी समातिएसँगै यो रहस्य खुलेको हो ।
विदेशबाट आउनेहरुले प्रति व्यक्ति ५० ग्राम सुन ल्याउन पाउँछन् । त्यही व्यवस्थालाई ध्यानमा राखेर तस्करहरुले नेपालीहरुलाई निश्चित रकम दिएर ‘भरिया’ बनाउने गरेको पाइएको छ ।
‘तस्करी गर्ने गिरोहले विभिन्न व्यक्तिलाई प्रलोभनमा पारेर भरियाको रुपमा प्रयोग गर्ने गरेको खुलेको छ’, महानगरीय प्रहरी वृत, गौशालाका प्रहरी नायब उपरीक्षक (डिएसपी) अनुपम श्रेष्ठ भन्छन् ।
प्रहरीका अनुसार कतारबाट सुनको एउटा बाला ल्याएवापत ७ हजार रुपैयाँ पाउन गरेका रहेछन् ।
जब उनीहरु काठमाडौंमा आर्लिन्छन्, तस्कर समूहले सुन संकलन गर्छन् ।
यस्तो थियो घटना
केही दिनअघि रोजगारीको सिलसिलमा विदेश गएका कामदारहरुलाई प्रयोग गरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भन्सार छली सुनको गहना तस्करी हुने गरेको सूचना गौशाला प्रहरीले पायो ।
लगत्तै, प्रहरीले खोजतलासलाई व्यापक बनायो । सोही क्रममा काठमाडौं–९, सिनामंगलस्थित बस स्टपमा काठमाडौं–१९, मरुटोलीका ४४ वर्षीय दिलिप शाहीलाई प्रहरीले शंकास्पद रुपमा भेट्टायो । उनको शरीरको खनतलासी गर्दासुनको तीन वटा बाला फेला पर्यो, जुन १ सय ५८.२७ ग्रामको थियो ।
उनलाई प्रहरीले तत्काल नियन्त्रणमा लियो र, तस्करीको थप नेक्सस पत्ता लगाउनतिर लाग्यो ।
बयानका क्रममा शाहीले एक जना भारतीय नागरिकको नाम लिए । जसको निर्देशन अनुरुप उनले त्यो बाला बोकेका थिए । उनी थिए विहारको मोतिहारीस्थित चौडाडानु थानाका मोहम्मद साहिव अन्सारी ।
बालाजु प्रहरी अन्सारीलाई विमानस्थल परिसरबाटै पनि पक्राउ गर्यो । अनुसन्धानका क्रममा उनी विदेशबाट नेपालीले ल्याएको अवैध सुन सङ्कलन गर्ने व्यक्ति भएको खुलेको डिएसपी श्रेष्ठ बताउँछन् ।
अन्सारीको माध्यमबाट प्रहरीले सुनको वास्तविक धनीलाई पनि पक्राउ गरेको छ । अन्सारीले शाहीलाई वीरगञ्ज घर भइ ललिपुरको वुङमति बस्दै आएकी २७ वर्षीय सुनिता खड्गीलाई सुन जिम्मा लगाउन भनतेका थिए । र, पत्तो लाग्यो, तस्करीको त्यस सुनको मालिक तिनै खड्गी रहेछिन् ।
श्रीमान्–श्रीमति नै सुन तस्करीमा !
अनुसन्धानको क्रममा खड्गीको श्रीमान्ले कतारबाट अवैध ढंगबाट सुन तस्करी गर्ने व्यवस्था मिलाउने गरेको खुलेको छ ।
श्रीमानले नेपाल फर्कने कामदारलाई भरिया बनाएर पठाएको सुन खड्गीले नेपालमा रिसिभ गर्ने गरेको पाइएको छ । अनुसन्धानमा संलग्न अधिकारीहरुका अनुसार हालसम्म उनीहरुले १३ देखि १४ पटकसम्म कतारबाट नेपालमा सुन ल्याएको बयान दिएका छन् ।
श्रीमान्ले विदेशमा डिपोजिट गरी राखेर प्रत्येक सुनको विल बनाइ नेपाल पठाउने गरेको पनि खुलेको छ ।
सुन नेपालमा आएपछि मात्रै भरियालाई रकम पठाइदिने गरेको भेटिएको छ । यसपटक पक्राउ परेको सुनको बजार मूल्य ७ लाख ८२ हजार ९ सय ६२ छ । पक्राउ परेका तीनै जनालाई थप अनुसन्धानका लागि राजश्व अनुसन्धान विभाग, हरिहरभवन, पुल्चोक पठाइएको प्रहरीले जनाएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













बागमती प्रदेशमा भारी वर्षाको संभावना, सतर्कता अपनाउन आग्रह
मनाङमा हिमपातपछि फसेका व्यक्तिहरुको उद्धार
नुवाकोटमा वर्षातकै बीचमा धान भित्र्याउन किसान व्यस्त
रसुवामा हिमपातको सम्भावना,सर्तकता अपनाउन आग्रह
जेनजी आन्दोलनमा प्रहरी हत्याको आरोपमा रसुवाका सौरभ समातिए





प्रतिक्रिया