रसुवागढी र माथिल्लो सान्जेनले असारसम्म बिजुली उत्पादन गर्ने
नुवाकोट, चिलिमे हाइड्रोपावर कम्पनी लिमिटडेले सहायक कम्पनीमार्फत निर्माण गरिरहेको दुई जलविद्युत आयोजना आउँदो असारसम्म सम्पन्न हुने भएका छन ।
१११ मेगावाटको रसुवागढी र १४ मेगावाटको माथिल्लो सान्जेन आयोजना मात्र सम्पन्न हुने देखिएको हो । दुई आयोजनाको जडित क्षमता १२५ मेगावाट छ । यस्तै ४२ मेगावाटको तल्लो सान्जेन ०७८ सम्म सम्पन्न हुने भएका छन । यसअघि माथिल्लो सान्जेन आउँदो पुस र रसुवागढी फागुन ७ गते सम्पन्न हुने लक्ष्य लिएकोमा केही महिना पछि धकेलिएका हुन् । यो वर्ष रसुवागढी र माथिल्लो सान्जेन आयोजना मात्र सम्पन्न हुने चिलिमेका प्रमुख कार्यकारी अधिकृत (सीईओ) माधवप्रसाद कोइरालाले बताए । उनले अन्य दुई आयोजना एक वर्ष ढिलाइ हुने जानकारी दिए । कोइरालाकाअनुसार रसुवागढीको ७० प्रतिशत काम सकिएको छ । यस्तै माथिल्लो सान्जेनको पनि यही हारहारीमा काम सकिएको कोइरालाले बताए ।
चिलिमेले २७० मेगावाटको ४ ओटा आयोजनाको निर्माण सुरु गरेको हो । यस्तै ५०० मेगावाट क्षमताका आयोजनाको संभाव्यता अध्ययन भइरहेको छन् । रसुवागढी आयोजना रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेड र सान्जेन आयोजना सान्जेन जलविद्युत कम्पनी लिमिटेडमार्फत निर्माण भइरहेको छ । दुबै कम्पनीले कर्मचारी सञ्चय कोषका सञ्चयकर्ता र ऋण लगानी गर्न संस्थाका कर्मचारी र संस्थापक लगानी गर्ने संस्थाका कर्मचारीलाई गरी २४ प्रतिशत साधारण सेयर (आईपीओ) निष्कासन गरिसकेका छन ।
यसपछि आयोजना प्रभावित स्थानीयबासिन्दालाई १० प्रतिशत आईपीओ निष्कासन गर्ने कोइरालाले जानकारी दिए । भूकम्पले गर्दा ठुलो क्षति भएपछि स्थानीयबासिन्दासंग लगानी गर्न रकम नभएपछि आईपीओ निष्कासन पछि सारिएको हो । सञ्चय कोषले आयोजनाको ब्याजदर घटाएर १०.७५ प्रतिशतमा झारेको छ । ब्याजदर घटेपछि आयोजनाका लागत पनि कम हुने देखिएको छ । रसुवागढीले बिजुली नेपाल विद्युत प्राधिकरणलाई बेचेर वार्षिक ३ अर्ब २५ करोड रुपैयाँ आम्दानी गर्छ ।
बिजुली उत्पादनको दोस्रो वर्षदेखि लाभांश वितरण गर्ने तयारी भएको उनले सुनाए । सञ्चय कोष लगानी फिर्ताको समय बढाएर लाभांश वितरण गर्न सहमत भएको छ ।सञ्चालनमा आएको दुई वर्षपछि आयोजनाले सेयरधनीलाई लाभांश दिन सक्ने अवस्थामा पुग्ने उनको भनाई छ । आयोजना नेपाल र चीन सीमा नजिक रहेको छ । वर्षादको कामले सडक अवरुद्ध हुँदा आयोजनाको काम प्रभावित भइरहेको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












विदुर १३ वडा कार्यालय नयाँ भवनबाट सञ्चालनमा
रसुवागढी जलविद्युत् आयोजनाको विद्युत् उत्पादन बन्द
नवीकरण नगर्ने ४४ निर्माण कम्पनीको इजाजतपत्र स्वतः खारेज
कतारका पूर्व अमिर अल थानीको निधन
माइतीघरमा सुकुम्बासीहरूको प्रदर्शन जारी





प्रतिक्रिया