विदावाहेक अन्य दिन जिल्ला नछोड्न प्रजिअको सरकारी कार्यालयका प्रमुखलाई निर्देशन
विदुर खबर
२०७६ साउन ५ गते १९:१४
काभ्रेपलाञ्चोक, साउन ५, जिल्लामा रहेका सरकारी कार्यालयका प्रमुखहरुलाई विदा वाहेक अन्य दिनमा जिल्ला नछाड्न प्रमुख जिल्ला अधिकारीले आग्रह गरेका छन ।
सदरमुकाम धुलिखेलमा आज भएको कार्यालय प्रमुखको बैठकमा प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाले सुरक्षा चुनौतीका कारण कार्यालय नछाड्न निर्देशन दिनुभएको हो । “जिल्ला छाड्दा जिल्ला प्रशासन कार्यालयको अनुमति लिनुपर्छ”, उहाँले भन्नुभयो । नजिकको जिल्ला भएकाले सुरक्षा निकायबाहेक अधिकांश कार्यालय प्रमुख काठमाडाँैबाट आवतजावत गर्दै आएका छन् । कार्यालय प्रमुख जिल्लामै रहँदा इन्धनको समेत बचत हुन्छ । “सुरक्षा गार्डको भरमा कार्यालय छाड्न हुँदैन, बेलुकी सात बजेपछि सरकारी गाडी चलाउन पाइँदैन”, रानाले निर्देशन दिनुभयो । कार्यालयको सुरक्षा गर्न नसके जिल्ला प्रशासन कार्यालयलाई तत्काल जानकारी गराउन उहाँले बताउनुभयो ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना









काठमाडौंका मसाज सेन्टरमा प्रहरीको छापा, २५८ जना नियन्त्रणमा
रसुवामा ४३६ थान भेप सहित एक युवक पक्राउ
नुवाकोटको तारकेश्वरमा आइतबारको बिदा खारेज, कार्यालय समय पुनः १०–५ कायम
रास्वपाकाे रसुवा जिल्ला समिति विघटन
विदेश पठाइदिने नाममा करोडौं ठगी, सात जना पक्राउ





प्रतिक्रिया