यी हुन् श्रीदेवीका दोस्रा ‘पति’, उनलाई श्रद्धाञ्जली दिन गरे मुण्डन

विदुर खबर २०७४ फागुन २३ गते १४:२०

काठमाडौं, २३ फागुन — बलिउडकी प्रतिभाशाली अभिनेत्री श्रीदेवीको अचानक मृत्यु भएपछि उनको परिवार स्तब्ध छन् । श्रीदेवीको अस्थिलाई पति बोनी कपूरले छोरीहरूसँग मिलेर रामेश्वरमलाई गएर प्रवाहित गरे ।

Advertisement

तर श्रीदेवी परिवारबाहेक अर्का एक व्यक्तिले पनि उनका लागि श्राद्ध गरिरहेका छन् । उक्त व्यक्ति आफूलाई श्रीदेवीलाई आफ्नी पत्नी मान्छन् । श्रीदेवीका यी ‘पति’ उनको मृत्युमा अत्यन्तै दुःखित छन् ।

उनको मृत्युपछि ती ‘पति’ ले खानपिन गरेका छैनन् र कपाल समेत मुण्डन गरेका छन् । उनी त तेह्र दिनको तयारी पनि गरिरहेका छन् ।

Advertisement

ती व्यक्तिको नाम ओमप्रकाश मेहरा हो । श्रीदेवीको प्रेममा पागल भएका ओमप्रकाशले मतदाता सूचीमा श्रीदेवीलाई पत्नीका रूपमा दर्ता गरेका थिए । आफूले सन् १९८९ देखि श्रीदेवीलाई मन पराउन थालेको उनी बताउँछन् ।

स्कूलमा पढ्दा श्रीदेवीको फिल्म हेरेर उनको फ्यान भएको ओमप्रकाशको दाबी छ । उनले श्रीदेवीलाई भेट्न चाहेको घरिघरि बताएपछि श्रीदेवीले आऊ न त भनेको तर पैसा नभएर आफू मुम्बई जान नसकेको उनको भनाइ छ ।

Advertisement

श्रीदेवीको मृत्युको खबर पाउनेबित्तिकै ओमप्रकाशले खानपिन छोडेका थिए । उनले आफ्नो गाउँ ददुनिमा श्रद्धाञ्जलि सभा पनि आयोजन गरेका थिए । मुण्डन गराएर उनले श्रीदेवीको तस्वीरमा फूलमाला चढाए अनि त्यसमा गाउँभरिका
मानिस संलग्न रहे ।

ओमप्रकाशले श्रीदेवीलाई पत्नी मान्ने भएकाले अहिलेसम्म बिहे गरेका छैनन् ।

उनी त श्रीदेवीलाई सात जन्मसम्म प्रतीक्षा गर्ने बताउँछन् ।

एजेन्सी

प्रतिक्रिया