वालुवा उत्खननले कोल्पु खोलाको पुल जोखिममा,नगरपालिका र वालुवा तस्करहरुबिरुद्ध उजुरी
नुवाकोट असार २८, व्यापक रुपमा नदी दोहन बढेपछि नुवाकोट र धादिङको सिमानामा रहेको कोल्पु खोलाको पुल जोखिममा परेको छ ।

स्थानीय प्रशासन र प्रहरीले पुल वरपर वालुवा झिक्न रोक लगाएपनि तस्करहरु रातको समयमा सक्रिय हुँदा पुल जोखिममा परेको हो । पुल वरपर वालुवाझिकेसँगै जोखिम बढेको भन्दै जिल्ला समन्वय समिति नुवाकोटमा बेलकोटगढी नगरपालिका र वालुवा तस्करहरुबिरुद्ध उजुरी परेको छ । स्थानियबासीहरुले पुलै जोखिममा पारेर तस्करले वालुवा झिक्ने गरेको भन्दै आफु समक्ष उजुरी आएको जिल्ला समन्वय समितिका प्रमुख सन्तामान तामाङले बताए । सो विषयमा जिल्ला समन्वय समितिका प्रमुख तामाङले गत साता जिल्ला आपतिकालि समितिको बैठकमै बेलकोटगढी नगरपालिकाकी उपप्रमुख कविता ढुङ्गानालाई सचेत गराएका थिए । नुवाकोटको काशीटारदेखि कोल्पुटारसम्म बालुवा बोकेका लामबद्ध ट्रिपरले बस, माइक्रोबस र साना सवारीलाई आवत–जावत गर्न हम्मे परेको छ ।

पुल नजिकका क्षेत्रमा ढुंगागिट्टीको उत्खनन् कार्य निरन्तर गरिएकोले पुलको विम रहेको खोलाको सतह गहिरिदै जादा पुल संकटमा परेको हो । एकदशक अघि निर्माण भएको पुल रहेको खोलाको सतह झण्डै एक मटर भन्दा गहिरिइसकेको स्थानीयको भनाई छ । अनियन्त्रित रुपमा ढुंगा गिटी र बालुवा उत्खनन् गर्दा पुल जोखिममा परेको हो । स्थानीय स्वायत्त शासन नियमावलीमा पक्की पुलको वरपर २ सय मिटर क्षेत्रफलमा ढुंगा गिटी बालुवा लगायत नदीजन्य वस्तुहरु उत्खनन् गर्न रोक लगाएको छ । पुलको वरपर बालुवा, ढुंगा, गिटी लगायत नदीजन्य उत्पादन झिक्न नपाइने व्यवस्था गरेको छ । तर, जिल्ला समन्वय समितिले आफ्नै नियमलाई आफैले धोती लगाउदा कोल्पुको पुल धरापमा पर्दै गएको हो ।
स्थानियबासीले खोलामा पुल क्षेत्रमा पनि र्ता नगरि चोरी निकासी गर्नेहरुले भने बेला बेलामा उत्खनन् गर्ने गरेको गुनासो गरेका छन् । त्रिशूली नदीमा बालुवा गिटी उत्खननले पनि पुलको पिलर रहेको क्षेत्रमा खोलाको सतह गहिरिदै गईरहेको छ । नदिमा स्काभेटर प्रयोग गर्न प्रतिबन्ध लगाएर पनि ठेकेदारहरुले कोल्पु दोभानबाट स्काभेटर प्रयोग गरि नदी जन्य बस्तु उत्खनन कार्य गरिरहेको छ । यसको प्रभावकारी अनुगमन नहुदा पनि राज्यले करोडौं लगानी गरेर निर्माण गरेको पुल संकटमा पर्दै गएको हो । थोरै राजश्व संकलन हुने नाममा करोडौंको पुललाई दाउमा राखिरहेकोले यो क्षेत्रमा धादिङ र नुवाकोट दुबै जिल्लाका सरोकारवालाहरु मिलेर नदीजन्य वस्तु उत्पादनमा प्रतिबन्ध लगाउनु पर्ने स्थानीयको भनाई रहदै आएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












नुवाकाेटमा अन्तर विद्यालय कविता प्रतियोगिता सम्पन्न
विदुर १३ वडा कार्यालय नयाँ भवनबाट सञ्चालनमा
रसुवागढी जलविद्युत् आयोजनाको विद्युत् उत्पादन बन्द
नवीकरण नगर्ने ४४ निर्माण कम्पनीको इजाजतपत्र स्वतः खारेज
कतारका पूर्व अमिर अल थानीको निधन





प्रतिक्रिया