पासाङल्हामु राजमार्गमा सावधानीपूर्वक यात्रा गर्न ट्राफिक प्रहरीको आग्रह
विदुर खबर
२०७६ असार २७ गते ७:१४

फाईल फोटो ।
रसुवा असार २७, वर्षाका कारण पासाङ ल्हामु राजमार्गमा ढुङ्गा खस्ने भएकाले सावधानीपूर्वक यात्रा गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालयले सबै यात्रुलाई आग्रह गरेको छ ।
पासाङल्हामु राजमार्गको राम्चे, मूलखर्क, खोपाङको भिर, मैलुङ, स्याफ्रुबेँसीका साथै रसुवागढीसम्मको सडकमा जोखिम रहेकाले सावधानीपूर्वक यात्रा गर्न आग्रह गरिएको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख रामशरण कुमालले सडक ठाउँ–ठाउँमा भत्किएका कारण सवारीसाधन दुर्घटनामा पर्ने खतरा रहेको बताउनुभयो ।
सम्बन्धित
प्रतिक्रिया