सिसडोलमा प्रहरीले दमन गरेको भन्दै नेपाली कांग्रेस नुवाकोटले विरोध जनायो
नुवाकोट असार १४, नेपाली कांग्रेस नुवाकोटले सिसडोलमा शान्तिपुर्ण रुपमा आफ्नो माग गर्दे विरोधमा उत्तिएका स्थानियबासी माथि प्रहरी दमन गरेको भन्दै विरोध गरेको छ ।
शनिवार नेपाली कांग्रेसका जिल्ला सभापति जगदिशनरसिंह केशीले एक विज्ञप्ती जारी गर्दै शान्तिपुर्ण विरोधमा उत्रिएका स्थानियबासीहरुमाथि वल प्रयोग गरेको भन्दै आपत्ति जनाएको छ । स्थानियबासकिो मागलाई वेवास्था गरि क्रुरुतापुर्ण दमनका कारण स्थानीय प्रभावितहरुका अध्यक्ष चक्रमान बलामी , ज्ञानेन्द्र गजुरेल र मनोज राणा लगायत करिब २ दर्जनभन्दा बढी आन्दोलनकारी घाइते र त्यति नै गिरफ्तार भएका छन् । यसबाट सरकारको निरंकुश र अधिनायकवादी चरित्र उदाङ्गिएको विज्ञप्तीमा भनिएको छ ।
त्यस्तै ल्याण्डफिल साइट तथा उक्त घटनाबाट प्रभावितहरुको जायज माग पुरा गर्नुको सट्टा उल्टै निर्ममतापुर्वक दमन गरेको नेपाली कांग्रेस नुवाकोटका प्रवत्ता राजु थापाले बताए । थापाले पक्राउ गरिएका स्थानियबासीहरुलाई तत्काल रिहाई गर्नुपर्ने भन्दै घाईतेलाई उपचारको व्यवस्था गर्न समेत सरकारसँग माग गरेका छन ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














किस्पाङ गाउँपालिका अध्यक्ष सिंहदरबारबाटै पक्राउ
शवबाट गहना लुट्ने पाँच जना नुवाकोटबाट पक्राउ
एनआरएनएद्वारा नुवाकोट र रसुवाका बाढीपीडितलाई राहत
धादिङको जहरे सबस्टेसन मर्मतपछि पुनः सञ्चालनमा
आज हरितालिका (तीज) व्रत





प्रतिक्रिया