उपमेयरले नै गरिन नगरपालिकाको कार्यालय तोडफोड
नुवाकोट असार ८, महोत्तरीको औरही नगरपालिकाको कार्यालयमा गए राति तोडफोड भएको छ ।
गए राति उपप्रमुख रेणु झाको नेतृत्वमा गएको एक टोलीले नगरपालिकाको कार्यालयमा रहेको योजना शाखा तथा प्रशासन फाँटमा गरी दुई थान कम्प्युटर, दुई थान स्क्यान मेसिन, दुई थान प्रिन्टर, दुई थान मल्टिप्लग बोर्डमा तोडफोड गरेको हो । इलाका प्रहरी कार्यालय गौशालाले दिएको जानकारी अनुसार शनिबार साँझको समयमा कार्यालयमा कामकाज मनपर्दी रुपमा गर्दै आएको विरोधमा उपमेयर रेणु झाको नेतृत्वको टोलीले कार्यालयमा तोडफोड गरेको हो ।
अन्य दिन कार्यालयमा उपस्थित नहुने कर्मचारी शनिबार काम गरेको भन्दै सोधपुछ गर्न खोज्दा विवादले उग्ररुप लिएको प्रहरी निरीक्षक किशोर आचार्यले बताउनुभयो । यता कामको चापले गर्दा शनिबार पनि काम गर्नुपर्ने बाध्यता रहेको नगरप्रमुख सुनिलकुमार यादवलाई उद्धृत गर्दै प्रहरी निरीक्षक आचार्यले बताउनुभयो ।
सोही क्रममा उपप्रमुख पक्षको राजपा नेता ज्ञानु झा घाइते हुनुभएको छ । उहाँको स्थानीय क्लिनिकमा उपचार भइरहेको छ । असार मसान्तको समयमा पनि कार्यालयमा नियमितरूपमा कर्मचारी नआएपछि नगरपालिकामा योजनाअनुसारको कामकाज समयमै सम्पन्न हुन नसकेको स्थानीयवासीले प्रतिक्रिया दिएका छन् ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना











पूर्वअर्थमन्त्री महत सहित ५५ जना विरुद्ध मुद्दा दायर
रसुवागढी जलविद्युत मर्मतपछि आंशिक सञ्चालनमा
मगर संघ नुवाकोटको नयाँ कार्यसमिति चयन
धादिङको धुनिबेँसी सवारी दुर्घटना हुँदा ३५ जना घाइते
दुप्चेश्वरमा लाखौं भक्तजन पुगे





प्रतिक्रिया