नुवाकोट असार २, अल्पसंख्यक धिमाल समुदायको जात्री पर्व समापनको अवसरमा आज (सोमबार) मोरङका ४ स्थानीय तहले सार्वजनिक विदा दिएका छन्।पूर्वी नेपालका विभिन्न जिल्लामा बसोबास गर्दै आएका धिमाल समुदायले जात्रीलाई महान एवं विशेष पर्वका रुपमा मनाउने गरेका छन्। प्रत्येक वर्ष वैशाख २ गतेबाट २ महिनासम्म यो पर्व मनाउने गरिएको छ। यसको समापन हुने दिन सोमबार (असार २) मोरङको उर्लाबारी, पथरीशनिश्चरे, बेलबारी नगरपालिका र कानेपोखरी गाउँपालिकाले सूचनानै जारी गरेर सार्वजनिक विदा दिएका छन्।
प्रकृति पुजक धिमालहरु रोगव्याधी नलागोस्, वाली विरुवा लगाउने बेलामा वर्षात होस्, जंगली जनावरले दुःख नदियोस् भन्ने भन्ने कामनासहित महाराजथानमा गएर सामूहिक पूजाआजा गर्ने गरेका छन्।
परापूर्वकालमा धिमालहरुले यी समस्याहरु समाधान गर्न ग्रामधानमा पूजा गर्दा कामना पूरा भएको र यसलाई निरन्तरता दिदैं मनाउदै आएको जनविश्वास छ ।









एक हप्तामै बन्दैछ बालेन सरकार, पहिलो दिनदेखि नै नयाँ सन्देश
आजको मौसम : आज चार प्रदेशमा वर्षाको सम्भावना
काठमाडौंको तारकेश्वरमा नुवाकोटकी पौडेलको ३४ लाख चोरी
सरस्वती आधारभुत विद्यालयमा विज्ञान प्रयोशाला
तारकेश्वरका आशिष घिमिरे मृत अवस्थामा भेटिए





प्रतिक्रिया