राम्रो जागिरको लोभमा ठगिए ४०० युवा
१९ फागुन, काभ्रे । खानीखोलाका ओमविक्रम लामा रोजगारीका लागि विदेश जाने तयारीमा थिए ।
कक्षा १२ मा अध्ययन गर्दागर्दै भारतको गोवा पुगेर वेटर काम गरेका उनी १२ बैशाख २०७२ को भूकम्पपछि नेपाल आएका थिए । घर बनाउने लगायतका काम गरेपछि गोवा होइन, विदेश जाने सोच बनाए । दुबईमा रहेका नातेदारसँग उनले विदेश जाने योजना सुनाएका थिए ।
तर, विदेशमा रहेका नातेदारले आफूलाई पनि राम्रो जागिर छ भन्दै आउन प्रेम लामाले प्रस्ताव गरेको सुनाए । ओमलाई लाग्यो, नेपालमै बसेर काम गर्ने र राम्रो तलब पाइने भए किन विदेश जानू ?
रौतहटका प्रेमसँग पटक-पटक भेट भयो । उनले भारतको विहारस्थित मोतिहारी जिल्लाको ‘आइकोनिक ट्रेड मार्ट कम्पनी’ले वीरगञ्जमा अफिस राखेर विभिन्न पदमा जागिर दिन लागेको सुनाए ।
मासिक ४० हजार भारु तलब आउने, दुई महिनापछि दोब्बर हुने तर, सुरुमा केही पैसा बुझाउनु पर्ने बताए । ओमले विदेशमा भएका साथीभाइसँग ऋण लिए र ३१ साउनमा प्रेमसँग वीरगञ्ज लागे ।
त्यो दिन उनलाई प्रेमले ‘वीरगञ्जमा होस्टल खाली रहेनछ, १५ मिनेट पारी जाउँ’ भन्दै भारत प्रवेश गराए । उनी भन्छन्, ‘१५ मिनेट भन्दै ३ घन्टा पर लग्यो र एउटा होस्टलमा पुर्यायो ।’
त्यहाँ उनीसँगै थुप्रै युवाहरुले केही दिन कक्षा लिए । ओमले ‘प्रोडक्टमा लगानी’ भन्दै २ लाख ४ हजार ८०० रुपैयाँ बुझाए ।
होस्टल शुल्क भनेर १५ हजार लिइएको थियो ।
तालिम लिएपछि उनी घर फर्किए । जब महिना मर्यो, तलब बुझ्न जाँदा उनी छाँगाबाट खसे झै भए । ओम भन्छन्, ‘तिमीले अरु मान्छे ल्याएका छैनौं, ल्याएको भए तलब पाउँथ्यौं भन्न थाले ।’
त्यसपछि उनलाई लाग्न थाल्यो यो कम्पनीको भर छैन तर, २ लाख बढी रकम पनि फसिसकेको थियो । उनको नागरिकता पनि कम्पनीसँगै थियो, जुन अहिलेसम्म फिर्ता पाएका छैनन् ।
उनी मात्र होइन, खानिखोला गाउँपालिकाका राजेन्द्र थोकरले पनि शिक्षकको अस्थायी छाडेर यो कम्पनीमा पुगेका थिए । २ लाख ८ हजार रुपैया रकम बुझाएका उनी पनि ओम जस्तै ठगिएका छन् ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













शाही युवा शक्ति नुवाकोट जिल्ला कार्यसमिति गठन
नुवाकोटको दुप्चेश्वरमा बढ्दै भक्तजन
एमाले महाधिवेशनमा नेतृत्वको रस्साकसी
धादिङमा माइक्रोबस दुर्घटना हुँदा ११ जना घाइते
सहकारी चोरीमा संलग्न नुवाकोटका गजुरेल १० लाखसहित पक्राउ





प्रतिक्रिया