यसरी जोगाउन सकिन्छ, कर्मचारीका आँखा
आँखाले देख्छ । देखेकै कारण हामीलाई यो संसारमा हुनुको आनन्द छ । जीवनका सारा रंगहरुको हामी मजा लिनसक्छौं । तर, आधुनिक समाजमा हाम्रो आँखाको बोझ बढ्दै गएको छ । खासगरी टेबलमा बसेर काम गर्ने कर्मचारीका आँखा दिनभरी व्यस्त रहन्छ ।
कर्मचारीलाई आँखाप्रति सजग गराउनकै लागि प्रिभेन्ट व्लाइन्डनेस अमेरिकाले हरेक वर्ष मार्च महिनालाई कार्यस्थल आँखा कल्याण (वर्कप्लेस आइवेलनेस) महिनाका रुपमा मनाउँदै आएको छ ।
धेरै जना कर्मचारी आँखाको सुरक्षामा खासै ध्यान दिँदैनन् । आँखाको सुरक्षा सिकर्मी, मेकानिक्स, वेल्डरजस्ता पेसामा संलग्न हुनेलाई मात्रै चाहिने ठान्छन् । यो साँचो होइन । आँखाको सुरक्षाबारे सबै कर्मचारी सजग हुनु जरुरी छ ।
हाम्रो धेरैजसो समय ल्यापटप, डेस्कटप कम्प्युटर, ट्याब्लेट, मोबाइललगायतका डिजिटल प्रविधियुक्त उपकरणमा व्यतित भइरहेको हुन्छ । जसले गर्दा आँखा झिमझिम कम हुन्छ र आँखामा तनाव -स्ट्रेस) बढछ ।
भिजन काउन्सिलको एक तथांकअनुसार प्रत्येक दिन ६० प्रतिशतभन्दा बढी मानिस र कर्मचारीले पाँच वा त्योभन्दा बढी घण्टा कुनै न कुनै डिजिटल उपकरणको प्रयोग गरिरहेका हुन्छन् । जसको कारण आँखालाई धेरै स्ट्रेस भइरहेको हुन्छ ।
धेरै समयसम्म डिजिटल उपकरणको प्रयोग र पर्याप्त विश्रामको कमीले गर्दा आँखा थाक्ने, दुख्ने, पोल्ने, रातो हुने, धमिलो देख्ने, सुख्खा हुने, टाउको, घाँटी, ढाड दुख्ने समस्या हुन्छ । यसलाई चिकित्सकीय भाषामा ‘कम्प्युटर भिजन सिन्ड्रोम’ भन्ने गरिन्छ ।
कम्प्यूटरको प्रयोग गर्नेमध्ये झण्डै ५० देखि ९० प्रतिशत मानिसले यीमध्ये कुनै न कुनै लक्षण अनुभव गरेकै हुन्छन् । पहिले नै आँखा कमजोर (नेअर साइटनेस) हुने, चश्मा आवश्यक भएर पनि नलगाउने, गलत निर्धारणको चश्माको प्रयोग गर्नेहरुलाई यो समस्या अझै बढी हुने गर्छ ।
ई-पुस्तकहरूको उपलब्धताले गर्दा भारी पुस्तक बोक्न नपरे पनि यसको धेरै प्रयोग गरेमा स्क्रिनबाट निलिने किरण र ग्लारेले आँखालाई उत्तिकै असर पारिरहेको हुन्छ । त्यसैले, पनि हामीले धेरै लामो समयसम्म ई-पुस्तक पढ्नु उचित हँदैन ।
डिजिटल उपकरण प्रयोग गर्दा आँखालाई कसरी जोगाउने ? त्यसबारे केही उपाय यस्ता छन्ः
उचित दूरीः कम्प्युटर स्क्रिन आफ्नो आँखाबाट २०-२६ इन्च टाढा र आँखास्तरभन्दा अलि तल राख्नुहोस् । कम्प्युटर स्त्रिmन मा डाइरेक्ट प्रकाश नहोस् । चलाउनुअघि धूलो सफा गर्नुहोस् र कम्प्युटरमा प्रोटेक्टिभ स्क्रिन राख्नुहोस् । कम्प्युटरमा लेख्दा वा पढ्दा अक्षरहरुको साइज आफूलाई सहज हुने तरीकाले राख्नुहोस ।
सीधा र केन्दि्रत सिटः कुर्सी प्रयोग गर्दा एडजस्टेबल प्रयोग गर्नुहोस् । सीधा बस्नुहोस् । सुतेर कम्प्युटर, ल्यापटप, ट्याब्लेट कहिल्यै नचलाउनुहोस् ।
२०-२०-२० नियमः सधैं २०-२०-२० नियम प्रयोग गर्नुहोस् । यो भनेको, हरेक २० मिनेट, कम्तिमा २० सेकेन्डको लागि कम्तिमा २० फिट टाढाको बस्तुलाई हेर्ने गर्नुस् ।
आँखा झिम्काउनुस्ः कम्प्युटर प्रयोग गर्दा हामीले आँखा कम झिम्क्याउने गर्छौं । तर, कम्प्युरटर प्रयोग गर्दा आँखा अझ बढी झिम्क्याउनुपर्छ । त्यसैले, हरेकपल्ट कम्प्युटरमा बस्दा सम्झेरै भएपनि आँखा झिम्क्याउनुस् ।
पानी पिउनुस्ः कम्प्युटरमा बस्दा जहिले पनि एउटा पानीको बोतल आफूले देख्नेगरी साथमा राख्नुस् र पर्याप्त मात्रामा पानी पिउनुस् । पानी पिउँदाको समय छोटो भए पनि यसले आँखालाई बिश्राम दिन्छ । र, पर्याप्त मात्रामा पानीको पिएकै कारण समय-समयमा शौचालय जानुपर्ने हुन्छ । जसले गर्दा आँखालाई अझै केही समय बिश्राम गर्ने मौका मिल्छ ।
आँखा पहिरनः गुणस्तरीय चश्मा लगाउनु र कम्प्युटर धेरै प्रयोग गर्नु पर्नेहरुले ब्लुए कटलेन्सको प्रयोग गर्नु धेरै राम्रो मानिन्छ ।
विश्रामः समय समयमा केही मिनेट बिश्राम लिनुहोस् । आफ्नो सहकर्मीलाई पनि बिश्राम लिन प्रोत्साहन गर्नुस् । काम पक्कै पनि महत्वपूर्ण हुन्छ तर आफ्नो स्वास्थ्यभन्दा बढी चाहिँ पक्कै होइन ।
आँखाको जाँचः नियमित आँखाको जाँच गर्नुस् । सके हरेक छ महिना, नसके कम्तिमा वर्षको एकपल्ट भएपनि आँखाको जाँच गराउनुपर्छ ।
डिजिटल प्रविधिले हाम्रो जीवनलाई पक्कै पनि धेरै सहज बनाएको छ र यो दैनिक जीवनको अभिन्न अंग हो । तर हामीले यसलाई जिम्मेदारीको साथ प्रयोग गर्नुपर्छ । अन्यथा यसले स्वास्थ्यमा विभिन्न समस्याहरु निम्त्याउने गर्छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













शाही युवा शक्ति नुवाकोट जिल्ला कार्यसमिति गठन
नुवाकोटको दुप्चेश्वरमा बढ्दै भक्तजन
एमाले महाधिवेशनमा नेतृत्वको रस्साकसी
धादिङमा माइक्रोबस दुर्घटना हुँदा ११ जना घाइते
सहकारी चोरीमा संलग्न नुवाकोटका गजुरेल १० लाखसहित पक्राउ





प्रतिक्रिया