यौनहिंसा तथा ट्राफिक जनचेतना फैलाउँदै नुवाकोट ट्राफिक प्रहरी
नुवाकोट जेठ १०, लिखु गाउँपालिका वडा नम्बर ४ मा रहेको क्षेत्रपाल माध्यामिक विद्यालयका विद्यार्थीहरुलाई यौन हिंसा तथा ट्राफिक जनचेतना सम्बन्धि जानकारी गराइएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय नुवाकोट र लिखु गाउँपालिका वडा नम्बर ४ को संयुक्त आयोजनामा कार्यक्रम संचालन भएको हो । कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय नुवाकोटका प्रमुख विकल भट्टराईले यौन हिंसा तथा ट्राफिक जनचेतना सम्बन्धी जानकारी गराएका थिए । भट्टराईले समाजमा विशेषगरि महिलाहरु यौनहिंसाको बढी शिकार हुने भन्दै त्यसबाट विद्यालय, अभिभावक स्वय छात्राहरु आफै सचेत हुनुपर्ने बताए । उनले विद्यार्थीहरु समाज परिवर्तनको संबाहक रहेको भन्दै नियमकानुनको पालना गरे उन्नत समाज निर्माण हुने बताए ।
कार्यक्रममा गाउँपालिका वडा नम्बर ४ वडाअध्यक्ष दलबहादुर राईले देशको भविष्य विद्यार्थीहरुको हातमा रहेको बताए । उनले देशमा प्रचलित ऐनकानुनको बारेमा विद्यार्थीहरुलाई जानकारी गराउन कार्यक्रम आयोजना गरिएको बताए । कार्यक्रममा विद्यालयका पुर्व विद्यार्थी तथा युवा व्यवसायी शैलेश श्रेष्ठले विद्यालयका एकसय ४० जना छात्राहरुलाई शैक्षिक सामाग्री वितरण गरेका थिए । उनले विद्यालयमा अध्ययनरत छात्राहरुलाई प्रोत्साहन गर्न शैक्षिक सामाग्री वितरण गरिएको जानकारी दिए । उनले आगामी दिनमा समेत विद्यालय र विद्यार्थीको लागि धेरै सहयोग गर्ने समेत प्रतिवद्धता व्यक्त गरे । कार्यक्रममा विद्यालयका प्रध्यानाअध्यापक कृष्णबहादुर राईलगायत विभिन्न विद्यालयसँग सरोकार राख्ने व्यक्तिहरुको उपस्थिति रहेको थियो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












महतको स्वास्थ्य जाँच गराउन अदालतको आदेश
देशभरका सीडीओलाई गृहको पत्र– अतिक्रमित संरचना हटाउन सुरक्षा प्रबन्ध मिलाउनू
स्लोभाकिया पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ
देशभर बादल, धेरै ठाउँमा वर्षा र हिमपातको सम्भावना
रसुवागढी भन्सारले ९ महिनामा ६ अर्ब ४२ करोड राजस्व सङ्कलन गर्याे





प्रतिक्रिया