टुँडिखेलमा हजारौंले बाचन गरे बुद्ध वचन, बन्ला त विश्व रेकर्ड ?
१९ फागुन, काठमाडौं । विश्व कीर्तिमान बनाउने प्रयासमा शनिबार हजारौं मानिस टुँडिखेलमा भेला भएर एकसाथ भगवान गौतम बुद्धको वचन ‘धम्मपद’ बाचन गरेका छन् ।
कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी अध्यक्ष प्रचण्ड समेत मेत सहभागी भएका थिए ।
पूर्वपर्यटनमन्त्री आनन्द पोखरेलका अनुसार ७५ हजार आधिकारिक पास लिएर सहभागी भएका थिए । त्यति नै मानिस पास नलिई प्रवेश गरेको भन्दै उनले भने, डेढ लाखले एकसाथ बुद्धबचन बाचन गरेका छन् ।’
यसलाई गिनिज बुद्ध अफ दि वर्ल्ड रेकर्डले मान्यता दिन बाँकी छ ।
‘धेरै मानिस एकै ठाउँमा जम्मा भएर एकसाथ पढेको’ रेकर्ड अहिले भारतको नाममा छ । भारतको आर्ट अफ लिभिङ फाउन्डेसनले ४६ हजार ६६० जनालाई राखेर कविता बढेर यो रेकर्ड बनाएको थियो ।
कार्यक्रममा प्रधानमन्त्री ओलीले बुद्ध नेपालको लुम्बिनीमा जन्मेको सत्यतामा भ्रम नछर्न विश्व समुदायलाई आग्रह गरे । अझै पनि कतिपय शैक्षिक संस्थाले बुद्धको जन्मबारे भ्रम श्रृजना गर्ने काम गरेको भन्दै उनले विश्वका सबै सरकार, देश र विश्वविद्यालयलाई अब अलमलमा नपर्न आग्रह गरे ।
प्रधानमन्त्री ओलीले हिंसाको बाटो रोज्नेलाई बम बनाउने र अशान्ति तथा आतंक फैलाउने काम छोडेर सम्वृद्ध नेपाल बनाउने काममा योगदान पुर्याउन पनि आहृवान गरेका छन् ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













रसुवामा टिफरको ठक्करबाट एक जनाको मुत्यु
नुवाकोटको सूर्यकुण्डको आईपीओ भर्ने आज अन्तिम दिन
नुवाकोटको सूर्यकुण्डकाे आईपीओमा ओइरिए लगानीकर्ता
भक्तपुर बाल सुधार गृहका ७५ जनालाई नुवाकोट सारियो
पहिरोले टिमुरे-रसुवागढी राजमार्ग अवरुद्ध





प्रतिक्रिया