नेकपाले ७७ जिल्ला कमिटी अध्यक्ष र सचिवको टुंगो लगायो
नुवाकोट वैशाख ८, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले ७७ वटै जिल्ला कमिटीका अध्यक्ष र सचिवको टुंगो लगाएको छ।
आइतबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको नेकपाको सचिवालय बैठकले ७७ वटै जिललाका अध्यक्ष र सचिवको टुंगो लगाएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए। पार्टी स्थापना दिवश मनाउन आयोजना गरिएको उक्त कार्यक्रमबाट समारोहमा साविकको नेकपा (नेकपा) एमाले र माओवादीकेन्द्रबीच एकीकरण पूरा भएको घोषणा गर्ने नेकपाको तयारी छ। ७० वर्षअघि २२ अप्रिल सन् १९४९ मा पुष्पलाल श्रेष्ठको नेतृत्वका नेपाल कम्युनिष्ट पार्टी स्थापना भएको थियो।
साविकका एमाले र माओवादी केन्द्र मिलेर ११ महिना ०७५ जेठ ३ गते मदन–आश्रित स्मृति दिवसमा नेकपा घोषणा भएको थियो। एकीकरणलगत्तै बसेको नेकपा केन्द्रीय कमिटी बैठकले तीन महिनाभित्र एकता टुंग्याउने बताए पनि विवादकै कारण यो लम्बिदै गएको थियो।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













रसुवागढी जलविद्युत मर्मतपछि आंशिक सञ्चालनमा
मगर संघ नुवाकोटको नयाँ कार्यसमिति चयन
धादिङको धुनिबेँसी सवारी दुर्घटना हुँदा ३५ जना घाइते
दुप्चेश्वरमा लाखौं भक्तजन पुगे
नुवाकोटमा एचआइभी संक्रमित झण्डै दुईसय पुगे





प्रतिक्रिया