नेकपाले ७७ जिल्ला कमिटी अध्यक्ष र सचिवको टुंगो लगायो

विदुर खबर २०७६ वैशाख ८ गते १५:२२

नुवाकोट वैशाख ८, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले ७७ वटै जिल्ला कमिटीका अध्यक्ष र सचिवको टुंगो लगाएको छ।

Advertisement

आइतबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको नेकपाको सचिवालय बैठकले ७७ वटै जिललाका अध्यक्ष र सचिवको टुंगो लगाएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए। पार्टी स्थापना दिवश मनाउन आयोजना गरिएको उक्त कार्यक्रमबाट समारोहमा साविकको नेकपा (नेकपा) एमाले र माओवादीकेन्द्रबीच एकीकरण पूरा भएको घोषणा गर्ने नेकपाको तयारी छ। ७० वर्षअघि २२ अप्रिल सन् १९४९ मा पुष्पलाल श्रेष्ठको नेतृत्वका नेपाल कम्युनिष्ट पार्टी स्थापना भएको थियो।

साविकका एमाले र माओवादी केन्द्र मिलेर ११ महिना ०७५ जेठ ३ गते मदन–आश्रित स्मृति दिवसमा नेकपा घोषणा भएको थियो। एकीकरणलगत्तै बसेको नेकपा केन्द्रीय कमिटी बैठकले तीन महिनाभित्र एकता टुंग्याउने बताए पनि विवादकै कारण यो लम्बिदै गएको थियो।

Advertisement

प्रतिक्रिया