लागू औषध दुव्र्यसनविरुद्ध जनचेतनामूलक कार्यक्रम सम्पन्न
नुवाकोट बैशाख ८, जिल्ला प्रहरी कार्यालय नुवाकोट र सामुदायिक प्रहरी सेवा केन्द्र नुवाकोटको आयोजनामा शनिबार लागू औषध तथा दुव्र्युनीविरुद्ध जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ ।
कोलनीबाट र्यारली सुरु भई जिल्ला अस्पताल, हात्तिगौंडा हुँदै जिल्ला स्वास्थ्य कार्यालय अगाडी पुगेर कोण सभामा परिणत भएको थियो । र्यारलीमा “लागु औषध निषेध गरौँ, लागु औषध सेवन जघन्य अपराध हो, कतै तपाईंको सन्तान गलत संगतमा लागेको त छैन ?, हामी सबैले लागू पदार्थ सेवन नगर्ने प्रतिबद्धता जनाऔं, लागु औषध सेवनको जीवन किन ?” जस्ता प्लेकार्ड सहितको बिभिन्न जनचेतना मुलक प्रर्दशन गरिएको थियो ।
कार्यक्रममा जिल्ला प्रशासन कार्यालय नुवाकोटका सहायक प्रमुख जिल्ला अधिकारी गोपाल अधिकारी, जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख प्रहरी उपरीक्षक कृष्ण बहादुर पल्ली मगर, विदुर नगरपालिका वडा नम्बर १ का वडाअध्यक्ष लेनिन रञ्जित लगायतको उपस्थित रहेको थियो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













शाही युवा शक्ति नुवाकोट जिल्ला कार्यसमिति गठन
नुवाकोटको दुप्चेश्वरमा बढ्दै भक्तजन
एमाले महाधिवेशनमा नेतृत्वको रस्साकसी
धादिङमा माइक्रोबस दुर्घटना हुँदा ११ जना घाइते
सहकारी चोरीमा संलग्न नुवाकोटका गजुरेल १० लाखसहित पक्राउ





प्रतिक्रिया