मध्यमर्स्याङ्दीको मर्मत सकियो, विद्युत उत्पादन शुरु
काठमाडौँ, १७ फागुन– लमजुङस्थित ७० मेगावाट क्षमताको मध्यमस्र्याङ्दी जलविद्युत् केन्द्रको बाँधको देबे्रतिर र विद्युत् गृहको मर्मत कार्य सम्पन्न भएको छ ।
आयोजनाका प्रमुख पशुपतिराज गौतमका अनुसार तोकिएको समयभन्दाअगावै छ दिन १० घण्टामा आयोजनाको मर्मत कार्य सम्पन्न भई आज साँझ १८ः३० बजेबाट विद्युत् उत्पादन पुनःशुरु गरिएको छ । प्राधिकरणले मर्मत कार्य सम्पन्न गर्न १० दिन लाग्ने बताएको थियो । मर्मत यही फागुन ११ गतेदेखि शुरु भएको हो ।
आयोजनाको बाँधको देब्रेतर्फको क्षेत्रमा भू–क्षयलाई रोक्न राखिएको संरचनाको मर्मत गत शुक्रबारदेखि शुरु गरिएको थियो ।
वर्षात्को पानीले हिर्काएर क्षति पुगेको ठाउँमा थप क्षति हुनबाट रोक्न पर्खाल लगाइएको प्रमुख गौतमले जानकारी दिनुभयो । मर्मतका क्रममा दैनिक ४०० मजदुर परिचालन गरिएको थियो । नेपाल विद्युत् प्राधिकरण भार प्रेषण केन्द्रले आज साँझसम्म मात्रै आयोजना बन्द गर्न स्वीकृति दिएको थियो ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र उपकार्यकारी निर्देशक हरराज न्यौपानले गत शनिबार केन्द्रको स्थलगत निरीक्षण गरी तोकिएकै समयमा मर्मतको काम सक्न निर्देशन दिनुभएको थियो ।
आयोजना प्रमुख गौतमका अनुसार आज आयोजनाले २८ मेगावाट विद्युत् उत्पादन गरेको छ । आयोजनाको एउटा मात्रै मेशिन चलाइएको छ । अर्को मेशिन यही फागुन २३ गतेदेखि मात्रै सञ्चालनमा आउनेछ ।
विद्युत्को माग बढी हुने साँझ र बिहानको समयमा ७० मेगावाट विद्युत् उत्पादन हुने मध्यमस्र्याङ्दी बन्द हुँदा प्राधिकरणले कुलेखानीका दुवै आयोजना सञ्चालन गर्नुपरेको थियो ।
मध्यमस्र्याङ्दी बन्द हुँदा प्रणालीमा कुनै समस्या नआएको र विद्युत् आपूर्ति अवरुद्ध नभएको प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले जानकारी दिनुभयो । आयोजना बन्द हुँदा कुलेखानीको दुवै आयोजनाबाट ९२ मेगावाट विद्युत् उत्पादन गरेर भार व्यवस्थापन गरिएको कार्यकारी निर्देशक घिसिङको भनाइ छ ।
आयोजनाको बाँधमा थुप्रिएको बालुवा निकाल्दासमेत आयोजनालाई रु १८ लाख आम्दानी भएको छ ।
जिल्ला प्रशासन कार्यालय लमजुङ, जिल्ला समन्वय समिति र बँेसीशहर नगरपालिकासँग समन्वय गरी केन्द्रले बोलकबोलमार्फत बालुवा निकाल्ने ठेक्का दिएको थियो ।
नदीमा पानीको प्रवाह कम भएका कारण साँझ र बिहान मात्रै आयोजनाले ७० मेगावाट विद्युत् उत्पादन गर्ने आयोजना प्रमुख गौतमको भनाइ छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













शाही युवा शक्ति नुवाकोट जिल्ला कार्यसमिति गठन
नुवाकोटको दुप्चेश्वरमा बढ्दै भक्तजन
एमाले महाधिवेशनमा नेतृत्वको रस्साकसी
धादिङमा माइक्रोबस दुर्घटना हुँदा ११ जना घाइते
सहकारी चोरीमा संलग्न नुवाकोटका गजुरेल १० लाखसहित पक्राउ





प्रतिक्रिया