तीन दिनसम्म वर्षा र हिमपातको सम्भावना
काठमाडौँ,पश्चिमी वायुको प्रभावले मौसममा सामान्यदेखि पूर्ण बदली भई आगामी तीन दिनसम्म वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाले आगामी तीन दिनसम्मको मौसम पूर्वानुमानसम्बन्धी बुलेटिन निकालेर आज राति देशका पूर्वी, मध्य र पश्चिमी क्षेत्रमा आंशिकदेखि सामान्य बद्ली रही पहाडी भेगका केही स्थानमा मेघ गर्जनसहित क्षणिक वर्षा र उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना औँल्याएको हो ।
सोमबार र मङ्गलबार पनि पहाडी क्षेत्रको मौसममा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले प्रक्षेपण गरेको छ । प्रिःमनसुन शुरु भएको र पश्चिमी वायु कमजोर बन्दै गएकाले ठूलो वर्षाको सम्भावना भने नरहेको महाशाखाका मौसमविद समीर श्रेष्ठले जानकारी दिनुभयो ।
उहाँका अनुसार सोमबार मौसममा सामान्य सुधार आएपनि मङ्गलबार पश्चिमी वायुको प्रभाव बढी पर्ने देखिएको छ । बुधबारदेखि मौसममा क्रमिक रुपमा सुधार आउनेछ । महाशाखाको पछिल्लो विवरणअनुसार देशका अधिकांश स्थानमा हल्का वर्षा भएको छ । डडेल्धुरामा ७, वीरेन्द्रनगर र नेपालगञ्जमा समान ५, दाङ र भैरहवामा समान ४ तथा जोमसोममा ६ र लुम्लेमा ३ मिलिमिटर वर्षा भएको छ । आज काठमाडौँको न्यूनतम तापक्रम ६.८ र अधिकतम तापक्रम २०.५ डिगी्र सेल्सियस रहेको छ ।
रासस
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया