एक श्रीमती : जसले प्रेमी पाउन आफ्नै पतिको हत्या गरिन्
महानगरपालिका–१३ का उमेश चौरसियालाई उनकै श्रीमतीले हत्या गराउने षड्यन्त्र रचेको आरोप प्रहरीले लगाएको छ ।
बुधबार राति वीरगञ्जको रातोबंगला नजिकै चौरसियामाथि भएको गोली प्रहार उनकै श्रीमती प्रियंकाले नै गराएको जिकिर पर्साका प्रहरी उपरीक्षक डा गणेश रेग्मीले यहाँ आज आयोजित पत्रकार सम्मेलनमा गरे । चौरसियामाथि गोली प्रहार गरेको अभियोगमा पक्राउ परेका प्रियंकासहित चार अभियुक्तलाई सार्वजनिक गर्दै उपरीक्षक रेग्मीले श्रीमतीले नै श्रीमानकाे हत्या गराउने षड्यन्त्र गरेको आरोप लगाए ।
प्रियंका र बारा, परवानीपुर गाउँपालिका–१ का विकेन्द्र गुप्ताबीच प्रेम सम्बन्ध रहेको र उमेशको हत्या गरेपछि गुप्तासँगै घरजम गर्ने उद्देश्यका साथ परवानीपुर–१ कै निवासी मनोज गुप्ता र वीरगञ्ज १२ मुर्ली निवासी मुन्ना साहलाई योजनामा सामेल गराइएको अनुसन्धानबाट खुलेको बताइएको छ ।
उनले उमेशको हत्याका लागि विकेन्द्रले मनोजलाई रु २५ हजार र ना ३४प१०४ नम्बरको आफ्नै मोटरसाइकलसमेत उपलब्ध गराएको बताए । प्रियंका र विकेन्द्रले बनाएको योजनालाई मूर्तरुप दिन मुन्नाले चलाएको मोटरसाइकल पछाडि बसेका मनोजले उमेशमाथि गोली प्रहार गरेको बताइएको छ । उनले गए राति ९ ः३० बजे गोली प्रहारको घटना भएपछि घटनास्थलमा रहेको सिसी टिभी क्यामराको मद्दतले सबै अभियुक्तलाई पक्राउ गर्न सफल भएको बताए ।
प्रहरीले घटनामा प्रयुक्त नलकटुवा पेस्तोल, मोटरसाइकल र मोबाइलसमेत बरामद गरेको छ । गोली प्रहारबाट घाइते भएका उमेशलाई उपचारका लागि वीरगञ्जको नारायणी उपक्षेत्रीय अस्पतालमा भर्ना गराइए पनि स्वास्थ्य स्थिति बिग्रिँदै गएपछि थप उपचारका लागि काठमाडाैंको नर्भिक अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













रसुवागढी जलविद्युत मर्मतपछि आंशिक सञ्चालनमा
मगर संघ नुवाकोटको नयाँ कार्यसमिति चयन
धादिङको धुनिबेँसी सवारी दुर्घटना हुँदा ३५ जना घाइते
दुप्चेश्वरमा लाखौं भक्तजन पुगे
नुवाकोटमा एचआइभी संक्रमित झण्डै दुईसय पुगे





प्रतिक्रिया