वाइडबडी प्रकरण : क्रान्तिकारी माओवादीका कार्यकर्ताले कंसाकारलाई दले कालोमोसो

विदुर खबर २०७५ पुष २० गते १२:१६

काठमाडौं – *मोहन वैद्य नेतृत्वको क्रान्तिकारी माओवादीका कार्यकर्ताले नेपाल वायुसेवा निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारलाई कालोमोसो दलेका छन् ।

Advertisement

वाइडबडी विमान खरिदमा अनियमितता गरेको आरोपसहित क्रान्तिकारी माओवादी निकट युवा र विद्यार्थी संगठनका कार्यकर्ताले कार्यकक्षमै पुगेर कंसाकारलाई कालोमोसो दलेका हुन् ।

निगमका लागि दुईवट वाइडबडी विमान खरिदमा अनियमितता भएको र त्यसमा कंसाकारको संलग्नता मुख्य रहेको निष्कर्ष संसद्को सार्वजनिक लेखा समिति मातहत गठित छानबिन उपसमितिले निकालेको थियो ।अनियमिततामा बहालवाला र पूर्वमन्त्री सहित सचिवहरूको समेत संलग्नता रहेको उपसमितिले समितिलाई बुझाएको प्रतिवेदनमा उल्लेख छ ।

Advertisement

प्रतिक्रिया