अस्थायी करार शिक्षकद्वारा शिक्षा तथा मानव श्रोत बिकास केन्द्र घेराउ
छुट अस्थायी करार शिक्षक केन्द्रीय समितिले हिजोदेखी सुरु गरेको आन्दोलन अन्तर्गत आज शिक्षा तथा मानव विकास केन्द्र घेराउ गरेको छ । शिक्षा ऐन २०२८ खारिज भई संघिय शिक्षा ऐन आउने र संघिय शिक्षा ऐनमा करार शिक्षकको कुनै कुरा नलेखिने भएकाले करिब १२ हजार करार शिक्षकको पेसा धरापमा पर्ने भएसँगै उनीहरुले आन्दोलन गर्ने तालिका अनुसार शिक्षा तथा मानव श्रोत बिकास कार्यलय भक्तपुरमा आज घेराउ गरेका हुन।
घेराउ कार्यक्रमलाई सम्बोधन गर्दै छुट करार अस्थायी शिक्षक केन्द्रीय संघर्ष समितिका अध्यक्ष हरिवंश पराजुलीले सरकारले अस्थायी र करार शिक्षकको रोजीरोटी खासेको र सरकारले विभेदपुर्ण निति ल्याउदै सौतेनी ब्यवहार गर्ने तयारी गरेको बताए । उनले भने, “करार शिक्षकलाई विस्थापित गरिन्छ भने ´हामी आफ्नो रगतको खोला बगाउन तयार छौ`।
घेराउ कार्यक्रम सगै शिक्षा तथा मानव श्रोत बिकास केन्द्रका महानिर्देशक डाक्टर बाबुराम पौडेललाई ज्ञापनपत्र बुझाउदै समितिले २०७२ असोज २ गते नियुक्ती करार अस्थायी शिक्षकलाई सेवाबाट विस्थापित नगरी रोजगारीको हक सुनिश्चित गर्नुपर्ने लगायतका मागहरु राखी आफ्नो माग सुझाएका छ्न । ज्ञापनपत्र मार्फत खुल्ला शिक्षकको नतिजा प्रकाशन भएपछि आफूहरु अयोग्य हुने भन्दै उनीहरुले सरकारको ध्यानाकर्षण समेत गराएका छन ।
यता खुल्ला शिक्षकको नतिजा प्रकाशन सँगै छुट करार अस्थायी शिक्षकलाई सरकारले अवकाश दिने तयारी गरेको छ ।
शिक्षा ऐनको नवौं संसोधनले २०७२ असोज २ पछि नियुक्त अस्थायी करार शिक्षकहरुलाई आन्तरिक परीक्षाबाट छुटाएर राज्यले ठूलो भूल गरेको संघर्ष समितिका महासचिव बिश्वास अधिकारले बताए । उनले अब बन्ने संघिय शिक्षा ऐनमा ०७२ असोज २ पछि नियुक्ति लिएका शिक्षकको हक र अधिकारलाई समेट्नु पर्ने बताउँदै नसमेटिए आन्दोलनबाट आफुहरु पछि नहट्ने चेतावनी दिएका छन् ।सानोठिमी चोकबाट सुरु भएको बिरोध र्यालीमा ७७ जिल्लाका करीब पाँच सय अस्थायी करार शिक्षक प्रतिनिधि शिक्षकको बाक्लो उपस्थिति रहेको थियो।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना










नुवाकोटका रिमाल एमालेको केन्द्रीय सदस्यमा पनि पराजित
नेपालका दुई हात्ती कतार लगिए
रसुवागढी नाका पुस १० देखि सञ्चालनमा ल्याउने तयारी
नुवाकोटको सूर्यकुण्ड हाइड्रोले पुस ९ गतेदेखि आईपीओ निष्काशन गर्दै
एमालेमा नेतृत्वका लागि मतदान हुँदै





प्रतिक्रिया