माथिल्लो तामाकोशीको आइपीओ मंगलबार कहाँ र कति बजे हुँदैछ बाँडफाँट ? यस्तो आयो तालिका
विदुर खबर
२०७५ मंसिर १० गते ११:४९
माथिल्लो तामाकोशीको आइपीओ मंगलबार दिउँसो ३ बजे बाँडफाँट हुने निश्चित भएको छ ।बिक्री प्रबन्धक नागरिक लगानी कोषका सेयर शाखा प्रमुख रोशनजंग कार्कीले तामाकोशीको आइपीओ क्रिष्टल ब्यांकेट बबरमहल, काठमाडौंमा मंगलबार दिउँसो ३ बजे बाँडफाँट गरिने। धेरै लगानीकर्ताको चासोको विषय रहेको तामाकोशीको आइपीओमा थुप्रैले दोहोर्याएर आवेदन दिएको भेटिएपछि बाँडफाँटमा केही ढिलाई भएको हो । यसमा करिब ६ हजार जनाले दोर्याएर आवेदन दिएको बिक्री प्रबन्धकको भनाई छ ।
तामाकोशीको सेयर न्यूनतम पनि ४० कित्ता सबैले पाउने प्रारम्भिक अनुमान छ । कर्मचारी र स्थानीयबासीका लागि तामाकोशीले यसअघि नै सेयर निष्कासन गरी बाँडफाँट समेत गरिसकेको छ । यसरी सेयर पाइसकेका मध्ये केहीले पुनः दोहोर्याएर भरेपछि छानबिन गर्दा बाँडफाँटमा विलम्ब भएको हो । माथिल्लो तामाकोशीले गत कात्तिक १५ गतेदेखि प्रतिकित्ता १०० रुपैयाँ दरमा १ करोड ५८ लाख ८५ हजार कित्ता आइपीओ खुला गरेको थियो । सर्वसाधारणका लागि १ करोड ५० लाख ९० हजार ७५० कित्ता आइपीओ बिक्री खुला गरिएको हो ।
यसमा ६ अर्ब ७० करोड ५८ लाख २८ रुपैयाँ बराबरको आवेदन परेको छ । ३ लाख ४६ हजार १६६ जना आवेदकले ६ करोड ७० लाख ५८ हजार २८० कित्ताका लागि सेयर भरेका छन् ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना











महतको स्वास्थ्य जाँच गराउन अदालतको आदेश
देशभरका सीडीओलाई गृहको पत्र– अतिक्रमित संरचना हटाउन सुरक्षा प्रबन्ध मिलाउनू
स्लोभाकिया पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ
देशभर बादल, धेरै ठाउँमा वर्षा र हिमपातको सम्भावना
रसुवागढी भन्सारले ९ महिनामा ६ अर्ब ४२ करोड राजस्व सङ्कलन गर्याे





प्रतिक्रिया