चण्डी माविका १२० विद्यार्थीलाई न्यानो कपडा तथा शैक्षिक सामग्री वितरण
नुवाकोट । नुवाकोटको तारकेश्वर गाउँपालिका–४ स्थित चण्डी माध्यमिक विद्यालयमा अध्ययनरत १२० जना विद्यार्थीलाई न्यानो कपडा तथा शैक्षिक सामग्री वितरण गरिएको छ ।

लक्ष्मी सपोर्ट फाउन्डेसनको सहकार्य तथा तारकेश्वर गाउँपालिका–४ का वडा सदस्य रामकाजी थापा (स्वर्णिम) को विशेष पहलमा विद्यार्थीलाई न्यानो कपडा र स्टेसनरी सामग्री प्रदान गरिएको हो ।
चिसो मौसम सुरु भएसँगै विद्यार्थीलाई जाडोबाट जोगाई नियमित पठनपाठनमा सहजता प्रदान गर्ने उद्देश्यले उक्त सहयोग उपलब्ध गराइएको जनाइएको छ । न्यानो कपडा र आवश्यक शैक्षिक सामग्री पाएपछि विद्यार्थी तथा अभिभावकहरू खुसी व्यक्त गरेका छन् ।

कार्यक्रममा वडा सदस्य थापाले आगामी दिनमा पनि शिक्षा, सामाजिक सेवा तथा विद्यार्थीको हितमा यस्ता सहयोगमूलक कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

विद्यार्थीको शैक्षिक यात्रा र स्वास्थ्य सुरक्षामा टेवा पुर्याउने यस मानवीय कार्यप्रति आयोजक संस्था लक्ष्मी सपोर्ट फाउन्डेसन, पहलकर्ता रामकाजी थापा (स्वर्णिम) लगायत सम्पूर्ण सहयोगी हातहरूप्रति धन्यवाद व्यक्त गरिएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना








चण्डी माविका १२० विद्यार्थीलाई न्यानो कपडा तथा शैक्षिक सामग्री वितरण
एकीकृत तथ्याङ्क संकलन गर्न भोटेकोशी–त्रिशूली बाढी पीडितको माग
बच्छला माविका २३८ विद्यार्थीलाई न्यानो कपडा वितरण
त्रिभुवन त्रिशूली बहुमुखी क्याम्पसको पुनर्निर्माणमा एनसेल फाउन्डेसनले सघाउने
“हल्ला नगर्नु है” भन्दै भुजेल रास्वपा प्रवेश गरेको पुष्टि





प्रतिक्रिया