तारुकाघाटमा झोलुङ्गे पुलको शिलान्यास, ‘फास्ट ट्र्याक’मा निर्माण सम्पन्न गरिने
नुवाकोट । तारकेश्वर गाउँपालिका वडा नम्बर २ स्थित तारुकाघाटमा त्रिशुली नदी वारपार गर्ने झोलुङ्गे पुलको औपचारिक शिलान्यास गरिएको छ।

तारकेश्वर गाउँपालिका, हेल्वेटस स्विस इनकर्पोरेसन नेपाल र नेपाल रेडक्रस सोसाइटीको संयुक्त सहकार्यमा निर्माण हुन लागेको उक्त पुलको गाउँपालिका अध्यक्ष शिव अधिकारी ‘अविरल’ ले आज एक विशेष कार्यक्रमका बीच शिलान्यास गर्नुभएको हो।
स्थानीयवासीहरूसँगको निरन्तर छलफल र सर्वपक्षीय सहमति पश्चात दुवै सहयोगी संस्थाका प्रतिनिधिहरूको समेत उपस्थितिमा अध्यक्ष अधिकारीले पुलको शिलान्यास गरी निर्माण कार्यको औपचारिक थालनी गर्नुभएको हो।
गत भदौ १० गते गएको विपद् लगत्तै गाउँपालिकाले यस क्षेत्रको जनजीवनलाई सहज बनाउन र आवतजावत पुनः सञ्चालन गर्न तारुकाघाटमा पुल निर्माणलाई उच्च प्राथमिकतामा राखेर विभिन्न विकल्पहरूमा पहल गर्दै आएको थियो।
शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष अधिकारीले विपद्का कारण नाकाबन्दीको जस्तै कठिन अवस्थामा पुगेको स्थानीय जनजीवनलाई तत्काल निकास दिन गाउँपालिका प्रतिबद्ध रहेको बताउनुभयो। उहाँले ‘फास्ट ट्र्याक’ विधि अपनाएर छोटो समयभित्रै पुल निर्माण कार्य सम्पन्न गरी सर्वसाधारणका लागि खुला गरिने आश्वासन समेत व्यक्त गर्नुभयो।

पुल निर्माण भएपछि तारुकाघाट क्षेत्रका बासिन्दालाई नदी वारपार गर्न ठूलो राहत पुग्ने र दैनिक जीवनशैली थप सहज हुने विश्वास लिइएको छ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














तारुकाघाटमा झोलुङ्गे पुलको शिलान्यास, ‘फास्ट ट्र्याक’मा निर्माण सम्पन्न गरिने
बाढीले घाइते बनाएका ढुङ्गानाको नाम बेपत्ता सूचीमा
त्रिशुली बाढीको पीडा समेटिएको ‘आँखामा बसेको मान्छे’ सार्वजनिक
भोटेकोशी बाढीको ६८ दिन: बाढीपीडितद्वारा विदुरमा प्रदर्शन, प्रजिअ र नगरलाई ६ बुँदे मागपत्र
एकैदिन सुनको मूल्य तोलामा ८ हजार २ सय घट्यो





प्रतिक्रिया