त्रिशुली बाढीको पीडा समेटिएको ‘आँखामा बसेको मान्छे’ सार्वजनिक
नुवाकोट । भदौ १० गतेको विनाशकारी भोटेकोशी तथा त्रिशूली बाढीले निम्त्याएको पीडा, बिछोड र उजाडिएका सपनाहरूलाई समेटेर नयाँ गीत ‘आँखामा बसेको मान्छे’ सार्वजनिक भएको छ।

बाढीपछि पीडितहरूको दुःख नजिकबाट प्रत्यक्ष अवलोकन गरेका किस्पाङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत एवं बेलकोटगढी नगरपालिकाका स्थायी बासिन्दा केदार खतिवडाले बाढीको पीडालाई शब्दमा उतार्नुभएको हो।
गायक तथा संगीतकार थानेश्वर गौतमको सुमधुर स्वरमा सजिएको यस गीतमा बाढीले प्रियजन खोस्दा, घरबार उजाडिएका र जीवनभर सँगै रहने सपना एकैछिनमा बगाउँदाको असह्य पीडालाई प्रेम र बिछोडका विम्बमार्फत मर्मस्पर्शी ढङ्गले व्यक्त गरिएको छ। उद्धार तथा राहत कार्यमा खटिँदा आफूले देखेका र महसुस गरेका मानवीय पीडालाई गीतकार खतिवडाले कलात्मक रूपमा शब्दमा समेट्नुभएको छ।
गीतमा ‘आँखामा बसेको मान्छे आँसु बनेर झर्यो’ भन्ने मर्मस्पर्शी पङ्क्तिमार्फत आकस्मिक विपत्तिले मानिसको जीवन कसरी तहसनहस पार्छ भन्ने देखाइएको छ। प्रेम र बिछोडको भावमा तयार पारिएको भए पनि यसले बाढीमा आफ्ना मान्छे गुमाएका पीडितहरूको आँसु, सम्झना र जीवनभर नमेटिने घाउको कथा बोल्छ।
विपत्तिले भत्काएका घरहरू र उजाडिएका बस्तीहरू पुनर्निर्माण भए पनि प्रियजन गुमाउँदाको पीडा कहिल्यै नमेटिने यथार्थलाई यो गीतले भावनात्मक रूपमा प्रस्तुत गरेको छ।

उक्त गीत गायक थानेश्वर गौतमको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














तारुकाघाटमा झोलुङ्गे पुलको शिलान्यास, ‘फास्ट ट्र्याक’मा निर्माण सम्पन्न गरिने
बाढीले घाइते बनाएका ढुङ्गानाको नाम बेपत्ता सूचीमा
त्रिशुली बाढीको पीडा समेटिएको ‘आँखामा बसेको मान्छे’ सार्वजनिक
भोटेकोशी बाढीको ६८ दिन: बाढीपीडितद्वारा विदुरमा प्रदर्शन, प्रजिअ र नगरलाई ६ बुँदे मागपत्र
एकैदिन सुनको मूल्य तोलामा ८ हजार २ सय घट्यो





प्रतिक्रिया