नुवाकोटमा घरभित्रै जुवा खेलिरहेका ६ जना रंगेहात पक्राउ

विदुर खबर २०८३ कार्तिक २५ गते ४:१०

नुवाकोट । जिल्लाको विदुर नगरपालिका–२, लोकतान्त्रिक चौतारोस्थित एक घरमा जुवातास खेलिरहेको अवस्थामा घरधनीसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ।

Advertisement

मंगलवार विहान १०:०० बजेको समयमा स्थानीय सुभद्रा अधिकारीको घरमा जुवातास खेलिरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय नुवाकोटबाट खटिएको टोलीले उनीहरूलाई रंगेहात नियन्त्रणमा लिएको हो।

प्रहरीले जुवाखालबाट ३२९ पत्ता तास र नगद १ लाख २९ हजार ३ सय ४० रुपैयाँसमेत बरामद गरेको छ ।

Advertisement

पक्राउ पर्नेहरूमा घरधनी ३२ वर्षीया सुभद्रा अधिकारीसहित सोही स्थानका ५६ वर्षीय बासु सापकोटा, ४६ वर्षीय शालिग्राम अर्याल, ५३ वर्षीय निर बहादुर बस्नेत, ५४ वर्षीय कृष्ण कुमार रावल र विदुर नगरपालिका–४ का ६५ वर्षीय राम कृष्ण गिरी रहेका छन् ।

नियन्त्रणमा लिइएका सबैलाई जिल्ला प्रहरी कार्यालय नुवाकोटमा राखी जुवातास सम्बन्धी कसुरमा म्याद थप गरी आवश्यक अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

Advertisement

यस्तो छ प्रहरीको सुचना ।

प्रतिक्रिया