कुमलटारमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न
नुवाकोट । विदुर नगरपालिका वडा नम्बर ३ कुमलटारस्थित सेती देवी आधारभूत विद्यालयमा एक दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ।

शिविरमा कुल २ सय ६० जनाभन्दा बढी स्थानीयहरूको रक्तचाप (प्रेसर) र मधुमेह (सुगर) परीक्षण गरिनुका साथै अन्य विभिन्न स्वास्थ्य परीक्षण तथा परामर्श सेवा प्रदान गरिएको थियो। दुर्गम क्षेत्रका नागरिकहरूलाई लक्षित गरी सञ्चालन गरिएको यस शिविरले सर्वसाधारणलाई ठूलो राहत पुर्याएको छ।

नागरिकहरूलाई गुणस्तरीय सेवा दिनका लागि शिविरमा स्वास्थ्य विज्ञहरूको बाक्लो उपस्थिति रहेको थियो। शिविरमा ६ जना चिकित्सक (डाक्टर), ६ जना नर्स र ४ जना फार्मेसिस्टसहितको प्राविधिक टोलीले बिरामीहरूको स्वास्थ्य जाँच गरी निःशुल्क औषधि वितरण गरेका थिए।

स्वास्थ्य शिविरलाई व्यवस्थित र सफल बनाउन स्थानीय युवा तथा स्वयम्सेवकहरूले सक्रिय सहयोग गरेका थिए। गाउँमै यसरी विशेषज्ञ डाक्टरसहितको टोली आएर स्वास्थ्य परीक्षण गरेपछि स्थानीय बासिन्दाहरूले खुसी व्यक्त गर्दै आयोजकप्रति आभार प्रकट गरेका छन्।
लक्ष्मी सपोर्ट फाउन्डेसन, नेदरल्याण्ड्सको प्रायोजनमा सञ्चालित यस शिविरलाई सहिद मेमोरियल हस्पिटल, कलंकी, काठमाडौंले प्राविधिक तथा अन्य सहयोग पुर्याएको थियो।

तारकेश्वर गाउँपालिका वडा नं. ४ का वडा सदस्य स्वर्णिम थापा (रामकाजी थापा) को आयोजना तथा विदुर नगरपालिका वडा नं. ३ वडा कार्यालयको समन्वयमा शिविर सम्पन्न भएको हो।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














कुमलटारमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न
नेपालमा आजदेखि वर्षा र हिमपात, सतर्क रहन अपिल
बाढीमा बेपत्ता भएकाहरूको आधिकारिक विवरण यकिन गर्न विदुरको ५ दिने सूचना जारी
काठमाडौंको गेस्ट हाउसबाट ब्राउन सुगरसहित दुईजना पक्राउ
काठमाडौं उपत्यकाबाट ११८ जना पक्राउ





प्रतिक्रिया